‘अमेरीकन बाबु मेड इन नेपाल’ को ट्रेलर सार्वजनिक


Share This


नेपालबहस संवाददाता    29 Views

काठमाडौं । संसार हल्लाउने अमेरिकाको शहरमा सम्पूर्ण छायांकन अमेरीकामै गरिएको फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक गरिएको छ ।

अमेरीकामा बस्ने नेपालीहरुको कथा समेटिएको फिल्ममा अभिनय पनि अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले गरेका छन् । ईश्वर थापाको निर्देशन तथा सम्पादन रहेको  छ ।

फिल्मको ट्रेलर

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय छ ।

फिल्म पनि अमेरिकाबाट नै हुने निर्देशक थापाले बताएका छन् । अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया