निशाको ‘सधैलाई’ अफिसियल भिडियो सार्बजनिक


Share This


नेपालबहस संवाददाता    26 Views

काठमाडौं । सिंगल ट्र्याक लिएर सांगीतिक क्षेत्रमा आएकी नव गायिका निशा कँडेलको म्यूजिक भिडियो ‘सधैलाई’ सार्वजनिक भएको छ ।लामो समय गायनको प्रशिक्षण लिएकी निशाले पहिलो पटक स्वर दिएको गीत ‘सधैँलाई’ भिडियोसहित श्रोता–दर्शकमाझ लिएर आएकी छिन् ।

अमन प्रधानको शब्द तथा संगीत समेटिएको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायनमा निकै मेहनत गरेकी निशाले यो गीतको भाव पनि त्यतिकै मन पराएकी छन् ।

‘गीतले मायामा परेको र आफ्नो प्रेमीप्रति सधैँ समर्पित भाव बोकेको छ’, उनले भनिन्, ‘मेरो पहिलो गीत चाहेजस्तै भएको छ ।’ राहुल प्रधानले निर्देशन गरेको ‘सधैँलाई’को म्युजिक भिडियोमा निशाले नै मोडलिङ गरेकी छन् भने उनलाई अमन प्रधानले मोडलिङमा साथ दिएका छन् ।

म्यूजिक भिडियो ‘सधैलाई’

चक्र महर्जनले छायांकन गरेको भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् । पहिलो गीतबाट राम्रो प्रतिक्रिया पाएकी निशा गायनलाई निरन्तता दिने बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार