नारायण र गोविन्दको नयाँ तिज गीत ‘बुढीले सत्यानासै पारी’ बजारमा


Share This


नेपालबहस संवाददाता    84 Views

काठमान्डौं । गायिका लक्ष्मी सिमाली,अस्मिता श्रेष्ठ र गायक नारायण नेपाली र राजकुमार काफलेको आवाजमा नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा ‘बुढीले सत्यानासै पारी’को भिडियो तिज गित बजारमा आएको छ ।

हास्य प्रधान विषय बस्तुमा गीत तयार पारिएको छ । सामाजिक विकृती र नेपाली समाजको तितो यथार्यलाई राजकुमार काफले , विमल श्रेष्ठ र टिका भुजेलले लेखेका छन भने राजु क्षेत्रीको संगीत संयोजन गीतमा रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा सरापे , काजिश श्रेष्ठ, अञ्जली अधिकारी र आयुष्माको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । रेशम दलार्मीले छायांकन गरेको उक्त भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने दिपक विष्टले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार