वन्डर वुमन’ को सिक्वेल आउँदै, रिलिज मिति घोषणा


Share This


नेपालबहस संवाददाता    194 Views

१२ साउन, काठमाडौं । यसै वर्ष रिलिज भएको चलचित्र ‘वन्डर वुमन’ ले पर्दामा आउने बित्तिकै तहल्का मच्चाएको थियो । दर्शकलाई यो चलचित्र अत्यन्तै मन पर्यो । अब ‘वर्नर व्रोस’ ले यसको सिक्वेल चाँडै नै आउने घोषणा गरेका छन् । उनले ‘वन्डर वुमन–२’ को रिलिज मिति पनि घोषणा गरेका छन् । चलचत्रि १३ डिसेम्बर सन् २०१९ मा रिलिज हुँदैछ । यो वर्ष आएको ‘वन्डर वुमन’ हिट भयो । अब चलचित्रको अर्को पार्टको पर्खाइ छ ।

चलचित्रको निर्देशन ‘प्याटी जेनकिन्स’ सँग चलचित्रको निर्देशनका बारे कुराकानी भइरहेको छ । यद्यपि प्याटीले यसबारेमा अहिलेसम्म पुष्टि गरिसकेका छैनन् । पहिलो चलचित्रको सफलतापछि पूरै टिम पुनः एकपटक आउन सक्ने अनुमान गरिएको छ ।

‘वन्डर वुमन’ को सुपर हिरोइन ‘गेल गेडोट’ चाँडै नै ‘जस्टिस लिग–२’ मा ‘डाइना प्रिन्स’ को भूमिकामा देखिँदैछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार