प्रथमा लिएर आउँदै गायिका रेश्मा


Share This


नेपालबहस संवाददाता    1826 Views

१३ साउन, काठमाडौं । गायिका रेश्मा बम्जन स्थापित गायिकाहरुको भिडमा पहिलो एल्वम प्रथमा लिएर आउंदैछिन् । लामो सांगितिक यात्रा पछि उनले पहिलो पटक प्रथमा एल्वम लिएर आउन लागेकी हुन् । अहिले प्रथमाको गित रेकर्डिङ कार्य भइरहेको छ । एल्वममा ६ वटा गित समावेश रहेको उनले बताईन् । एल्वममा रोमान्टिक आधुनिक र रक सेलो रहेको छ । गायक दिपक लिम्वु संगको युगल गित जन्ती लिएर आउ बोलको गितले अहिले युट्युवमा चर्चा पाईरहेको छ । एल्वममा देव पुन चुचांगी , जीवन बहादुर बम्जन, जोगलाल लामा र फुल कुमार बम्जनको शव्द संगित रहेको छ । रेकर्डिङ सकेपछि म्युजिक भिडियोको समेत तयारी गरेको गायिकाले बताईन् ।

सानैदेखि गायनमा रुची भएका कारण यो क्षेत्रमा केही गरौं भन्ने हेतुले सांगितिक क्षेत्रमा लागेको र भविष्यसम्म निरन्तरता दिने उनको भनाई छ । नेपाली गीत संगीतको इतिहासमा नयां प्रतिभा र नयां कलाकार, श्रष्ट्रा जन्माउने कार्य निरन्तर रुपमा भईरहेको परिप्रक्ष्यमा फेरि नेपाली सांगीतिक क्षेत्रमा गायीका रेश्मा प्रथमा एल्वम लिएर आम श्रोता र दर्शक सामु उदाउंदै छिन् । यस अघि पनि तामाङ भाषा र थुप्रै नेपाली आधुनिक गितमा स्वर दिइसकेकी रेश्मा विभिन्न स्टेज प्रोगामहरुमा दर्शकमाझ आफ्नो सुमधुर स्वर राखीसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार