‘नौ आइजिपीसँगका अनुभूति’ सार्वजनिक


Share This


नेपालबहस संवाददाता    169 Views

३१ साउन, काठमाडौं । पूर्वप्रहरी उपरीक्षक आनन्द पुरीको ‘नौ आइजिपीसँगका अनुभूति’ पुस्तक आज सार्वजनिक भएको छ ।

भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीमा साहित्यकार माया ठकुरी, हरि अधिकारी र पत्रकार दामोदर न्यौपानेले पुस्तकको लोकार्पण गरेका हुन् । प्रहरी संगठनमा ३२ वर्ष सेवा गरी निवृत्त भएका पुरीको पुस्तकमा संगठनभित्रका विविध राम्रा र नराम्रा पक्षलाई प्रस्तुत गरिएको छ ।

उनले तत्कालीन प्रहरी महानिरीक्षकसँगका अनुभूतिलाई समेटेर पुस्तक तयार गरेको प्रकाशक बिएन पुस्तक संसारका सञ्चालक सूर्य बिसीले जानकारी दिए । पुस्तकमा प्रहरी संगठनभित्र विसं २०४६ पछि भएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र विकृतिका विषय पनि समावेश छन् ।

तपाईको प्रतिक्रिया