शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान


Share This


नेपालबहस संवाददाता    381 Views

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । पब्लिकेसन्सका तत्कालीन सञ्चालक एवं हाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले रु पाँच लाखको अक्षय कोष खडा गरी सो पुरस्कार स्थापना भएको हो ।

यस सम्मानबाट हालसम्म वरिष्ठ साहित्यकार कृष्ण जोशी, तेजेश्वर बाबु ग्वगः, वसन्तकुमार शर्मा, डा मोहनहिमांशु थापा, मंगलकुमार नेपाल र गणेशबहादुर प्रसार्इं सम्मानित भइसक्नुभएको प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठ रोदनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार