श्रीदेवीकी छोरी र शहिदका भाइको डेब्यू फिल्म धडक


Share This


नेपालबहस संवाददाता    54 Views

सुपरहिट मराठी फिल्म सैराटुको हिन्दी रिमेक धडकुको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपूर र अभिनेता साहिद कपूरका सौतेनी भाई इशान खट्टरले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

फिल्मी घरानाका दुई सन्तानको बलिउड डेब्यू फिल्म भएकाले ुधडकुलाई विशेष चासोका साथ हेरिएको छ। करण जोहर, हिर्रो यश जोहर र अपूर्व मेहताले निर्माण गरेको फिल्मलाई शशांक खेतानले निर्देशन गरेका हुन् ।

फिल्म जाहन्वी र इशानका अलावा आदित्य कुमार, खराज मुखर्जी र आशुतोष राणाको पनि मुख्य भूमिका छ । फिल्म २० जुलाईमा रिलिज हुनेछ।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार