कैलालीमा चार हात, चार खुट्टा र दुई मेरुदण्ड भएको बच्चा जन्मियो


Share This


नेपालबहस संवाददाता    63 Views

कैलाली । कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान अनौठो शिशुको जन्म भएको छ ।टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा अनौठो शिशुको जन्म दिएकी हुन् ।

चार हात, चार खुट्टा रहेको र मेरुदण्ड समेत दुई वटा रहेको अवस्थामा शिवुको जन्म भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नरेन्द्र खनालले बताए ।

डा। खनालले करिब १ महिना अगाडि चेकजाँचका लागि आएको बेला आफूले भिडियो एक्सरे गर्दा नै बच्चा यो अवस्थामा रहेको जानकारी दिएको बताए ।

तर, परिवारले विश्वास नगरेर अन्यत्र चेकजाँच गराएको उनले बताए । उनले सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए ।शिशुको अवस्था नाजुक रहेको बताउँदै डा। खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार