जीवनको उपलब्धि


Share This


नेपालबहस संवाददाता    210 Views

— गंगा लिगल

  • मानिसको जीवनरुपी डुंगामा
    कहिले घामको उज्यालोले
    जीवन महकिन सक्दछ भने
    कहिले कालो बादलरुपी
    दुःखको छाँयाले
    जीवनमा मलिनता र
    नैराश्यता छाउन सक्दछ
    यो सुख र दुःखले
    वेरिएको जीवन
    यसले सधै नै
    जीवनमा
    खुसीको मुस्कान मात्र हेर्न चाहन्छ ।                                 
    अनि ऐस आरामको जीवन
    जिउन चाहन्छ
    तर विडम्बना
    यो मात्र जीवन होइन
    जीवनको खेतमा
    जे चिज अगाडि आउछ
    त्यसलाई समयमै जोत्न सक्नुपर्छ
    यही मानिसको प्रमुख बिषेशता हो
  • सुखमा के छ र
    केवल क्षणिक आनन्द
    तर दुःखमा बास्तविकता
    त्याग, बलिदान
    र स्वर्गिय आनन्दको मिठो आभास पाइन्छ
    खेत जोतेर
    अन्न प्राप्ति पछिको सुख
    अत्यन्त आनन्दको प्रतिक हुन्छ ।
    त्यस्तै कसैको दुखरुपी घाउमा
    मलम रुपी
    सेवाले प्राप्त भएको
    सुखको अनुभूतिले
    मानव जीवनमा अद्भुत
    सुखानुभूति प्राप्त हुन्छ ।
    त्यही सुख नै जीवनको
    माहन उपलब्धि हो ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार