शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन


Share This


नेपालबहस संवाददाता    244 Views

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ ।

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् ।

सो अवसरमा समीक्षक रजनी ढकालले २० कथा भएको ‘आकाश मैथुन’ पुस्तक अत्यन्तै राम्रो भएको र पाठकले एकचोटी पढ्नै पर्ने कथा भएको बताइन् ।

अर्का समीक्षक लेकप्रसाद निरौलाले पुस्तक विमोचनमात्र गरेर हुँदैन ती पुस्तक पाठकका लागि आकर्षक हुने ढंगले लेख्नुपर्ने सुझाव दिए। अर्का समीक्षक गोविन्दराज भटृराईले लेखकको मिहेनत नै पुस्तकको आकर्षणबाट पुष्टि हने बताउँदै अहिलेको प्रतिस्पर्धात्मक युगमा पुस्तक लेखन सजिलो विषय नभएको विचार व्यक्त गरे।

शब्दार्थ प्रकाशनका अध्यक्ष विनयकुमार शर्मा नेपालले आफूले साहित्यकारको कृतिलाई पाठकसम्म पु¥याउने काम गर्दै आएको र यसबाट थुपै्र लेखक तथा पाठक लाभान्वित भएको चर्चा गरे ।

तपाईको प्रतिक्रिया