गायक शिशिरको तिमीलाई निश्चल माया सार्वजनिक


Share This


नेपालबहस संवाददाता    36 Views

काठमाडौं । नेपाली सांगितीक क्षेत्रमा पछिल्लो समय सुगम संगितहरु दिनप्रति दिन सार्वजनिक हुने क्रम बढ्दै गएको छ । यसैबिच गायक शिशिर बिकको तिमीलाई निश्चल माया दिएको थिए मैले बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

निश्चल राईको शब्द , राज कुमारको संगीत अनि सविन लिम्बुको संगीत संमयोजन रहेको गीतको भिडियोमा भने सिंह वाइबा , आरती थापा र सुधन पौडेलको अभिनय देख्न सकिन्छ ।

सुधन कुमार चौधरीको सम्पादन रहेको भिडियोलाई दिवस परियार ‘दले’ले निर्देशन गरेका छन् । एक्का युट्व च्यानल मार्फत तिमीलाई निच्छल माया दिएको थिए बोलको गित सार्वजनिक गरिएको हो ।

निच्छल मायाको भिडियो

तपाईको प्रतिक्रिया