एनएमबि बैंकको मुनाफा ३५ प्रतिशले वृद्धि, लाभांश क्षमता १९ प्रतिशत


Share This


नेपालबहस संवाददाता    558 Views

१२ साउन, काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको २०७३र७४को चौथो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्षको तुलनाभन्दा ३५ दशमलव ५४ प्रतिशत वृद्धि गरी १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले मुनाफा १ अर्ब ११ करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब २६ करोड ९४ लाख रुपैयाँ राखेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले हाल ४४ प्रतिशतले वृद्धि गरी चुँक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ पुगेको छ । हालको चुक्त पूँजी र मुनाफाको आधारमा लगानीकर्ताहरुलाइ आगामी दिनमा लाभांश क्षमता १९ प्रतिशत दिने देखिन्छ ।

निक्षेपमा १३ दशमलव ०३ प्रतिशत वृद्धि गरी ७३ अर्ब २२ करोड ४० लाख रुपैयाँ संकलन गरी कर्जामा ६१ अर्ब २१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनामा भन्दा १५ दशमलव ०९ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी २७ दशमलव ५७ प्रतिशतले वृद्धि गरी २ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५९ दशमलव ८७ प्रतिशत वृद्धि गरी १ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १८ करोड ३५ लाख रुपैयाँ राखेको छ भने २२ करोड ३५ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको निस्कृय कर्जामा शुन्य दशमलव १५ प्रतिशतले घटेर १ दशमलव ६६ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात २ दशमलव ८७ प्रतिशतले बढेर १३ दशमलव ८५ प्रतिशत रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक २७ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव ६८ गुणा, तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ६६ दशमलव ०७ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार