सिद्धार्थ बैंकको शाखा पुतलीसडकमा


Share This


नेपालबहस संवाददाता    124 Views

२९ भाद, काठमाडौं । सिद्घार्थ बैंकले आजबाट काठमाडौें, पुतलीसडकको शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

सिद्घार्थ बैंक नेपाल स्टक एकसचेञ्जको clearing and settlement बैंक हो । CDS/CLEARING को कार्यालय पनि यहि भवनमा रहेकोले यो शाखाको स्थापना पश्चात शेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज र सरल हुनेमा बैंक विश्वस्त रहेको छ । हालै बैंकले शेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो शेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ ।

यस एक्स्टेन्सन् काउन्टर सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ POS, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार