राष्ट्र बैंककै शैलीमा बीमा समितिले गर्ने भो कडाइ, बीमा कम्पनीको नियमनमा तिव्रता


Share This


नेपालबहस संवाददाता    213 Views

२७ जेठ,काठमाडौं। नियामक निकाय बीमा समितिले आफू अन्तर्गतका बीमा कम्पनीहरुको नियमनलाई तिब्र बनाएको छ। बीमा कम्पनीहरुमा सुशासन तथा पारदर्शिता ल्याउन समितिले नियमनमा कडाइ सुरु गरेको हो।

अहिले बीमा समितिले कम्पनीहरुले बुझाउने फाइलका आधारमा अध्ययन गर्दै आएको थियो। पहिलो पटक तालिका बनाएर अनुगमनमा समितिले टोली पठाउन सुरु गरेको हो। ुअब नियमित इन साइड अनुगमन हुन्छ। यसले बीमा क्षेत्रको बास्तबिक अवस्थासमेत सतहमा आउँछ।

समितिले नेपाल राष्ट्र बैंकले जस्तै बीमा कम्पनीहरुमा पनि इन साइडु नियमन सुरु गरेको हो। कम्पनीहरुको कारोबार तथा सेवालाई पारदर्शी बनाउन स्थलगत अनुगमन सुरु गरिएको समितिले जनाएको छ।

समितिले पहिलो चरणमा युनाइटेड र एभरेष्ट इन्स्योरेन्समा इनसाइड अनुगमन सुरु गरेको हो। क्रमिक रुपमा बाँकी कम्पनीहरुमा पनि अनुगमन गरिने समितिको योजना छ।

युनाइटेड र एभरेष्ट इन्स्योरेन्समा अनुगमनका लागि समितिबाट टोली खटाइसकिएको छ, बीमा समिति स्रोतले भन्यो, ुसमितिको चार सदस्यीय टोलीलाई १५ दिनको अनुगमन समय दिइएको छ।

समितिले १५ दिन लगाएर दुई कम्पनीको स्थलगत निरिक्षण गर्ने छ। त्यसपछि टोलीले प्रतिवेदन बुझाउने छ। प्रतिवेदनमा कैफियत देखिए सुधारका लागि पहल सुरु गरिने छ।

टोलीलाई काजमा खटाइएको छ स्रोतले भन्यो, स्थलगत अनुगमनपछि प्रतिवेदन तयार गरेर समितिलाई बुझाउनु पर्छ। त्यसपछि टोली फेरि अरु बीमा कम्पनीमा अनुगमनका लागि परिचालित हुने छ।

प्रतिवेदनमा गम्भिर कैफियत देखिए समितिले बीमा ऐन र नियमावली अनुसार आवश्यक कारवाहीसमेत गर्ने छ। कम्पनीहरुलाई सुधारको मौकासमेत दिइने छ।

समितिबाट खटिएको टोलीले सम्बन्धित बीमा कम्पनीको कम्प्लायन्स, अन्डरराइटिङ, रिइन्स्योरन्सजस्ता बिषयमा अध्ययन गर्ने छ। सम्बन्धित कम्पनीहरुले नीति नियम पालना गरेरनगरेको स्थलगत अनुगमनबाट अध्ययन गर्ने समिति स्रोतले जानकारी दियो।

बीमा समितिले बेला बेलामा जारि गर्ने नीति निर्देशनहरु पालना गरे नगरेको पनि टोलीले हेर्ने छ। ठ्याक्कै राष्ट्र बैंकले अनुगमन गर्ने शैलीमा टोलीले अध्ययन गर्छु स्रोतले भन्यो, बिभिन्न फाइलहरुको स्याम्पल लिएर अनुगमन हुन्छ।

बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाइँ नेपाल राष्ट्र बैंकका क्याडर हुन्। उनले त्यहाँ सिकेका कुराहरुलाई बीमा क्षेत्रमा पनि लागू गर्न खोजेका हुन्। चापागाइँ राष्ट्र बैंकको पोखरा कार्यालयको प्रमुखबाट समितिको अध्यक्षमा नियुक्त भएका हुन्।

अहिले बीमा समितिले कम्पनीहरुले बुझाउने फाइलका आधारमा अध्ययन गर्दै आएको थियो। पहिलो पटक तालिका बनाएर अनुगमनमा समितिले टोली पठाउन सुरु गरेको हो। अब नियमित इन साइड अनुगमन हुन्छु स्रोतले भन्यो यसले बीमा क्षेत्रको बास्तबिक अवस्थासमेत सतहमा आउँछ।

कुनै कम्पनीमा कैफियत देखिँदा मात्रै समितिबाट टोली पठाएर अनुगमन हुने गरेको थियो। समितिले तालिका बनाएर नियमित अनुगमन थालेपछि सुशासनमा सुधार आएर सेवाग्राहीले सर्वसुलभ र पारदर्शी सेवा पाउने समितिको बुझाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार