सम्पत्ति शुद्धिकरण निर्देशिकाले वित्तिय बजारमा तरंग


Share This


नेपालबहस संवाददाता    160 Views

२ साउन, काठमाडौं । नेपाल राष्ट बैंकको नयाँ निर्देशिकाले वित्तिय बजारमा तरंग उत्पन्न गरेको छ । सम्पत्ति शुद्धिकरणमा नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत भएपछि तरंग आएको हो । नयाँ आर्थिक बर्षसँगै बैंकिङ कारोबारमा कडा नीति कार्यान्वयन गर्दै राष्ट्र बैंक थप कडा भएको थियो । सरकारले अनौपचारिक अर्थतन्त्रलाई औपचापिरक माध्यममा ल्याउने घोषणा गरे अनुरुप नेपाल राष्ट्र बैंकले बैंकसम्बन्धि नयाँ निर्देशिका जारी गरेको हो । जसअनुसार बैंकले खाता खोल्न अघि र खाता खोलीसकेपछि अब आफ्ना ग्राहकको पहिचान हुबहु राख्नुपर्ने छ । त्यससँगै सरकारी उच्च अधिकारीको बैंक खातामा कडाई गरिएको छ भने पैसाको स्रोत खुलाउनुपर्ने छ ।

उच्च पदाधिकारीले पैसा लुकाउने कार्य बढेका कारण उनीहरुको बैंकखातामा कडाई गरिएको हो । सम्पत्ति सुद्धिकरण सम्बन्धि नयाँ निर्देशिका जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यबस्था लागु गर्न बैंकहरुलाई निर्देशन दिएको छ । यस्तो कार्य नयाँ आर्थिक बर्षबाटै सुरु हुने छ । यस सम्बन्धिको यो नयाँ निर्देशिकाकासँगै यसबारेका अन्य पुराना निर्देशिका खारेजीमा परेका छन् ।

कुनै ग्राहकले एकै दिनमा पटक पटक गरेर १० लाख रुपैयाँको कारोबार गरेमा त्यसको जानकारी राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइमा गराउन समेत बैंकहरुलाई निर्देशन छ । १० लाख रुपैयाँ वा सो भन्दा बढीको रकम जम्मा गर्दा सो को स्रोत अनिवार्य खुलाउनुपर्ने छ । त्यस्तो रकमको स्रोत खुल्न नसकेमा १० लाख रुपैयाँ देखि अपराधको गम्भिरताका आधारमा ५ करोडसम्म जरिवाना गरिने छ । नयाँ ब्यवस्था अनुसार बैंकहरुले उच्च पदस्थ ब्यक्तिको पहिचानमा कडाई गर्नुपर्ने भएको छ । बैंकहरुले उच्च पदस्थ व्यक्तिको पदीय हैसियत लगायतका कागजपत्र समेत पेश गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार