आर्थिक वर्षको पहिलो दिन नेप्सेको ‘रेड कार्ड’


Share This


नेपालबहस संवाददाता    104 Views

काठमाडौं । आर्थिक वर्ष ०७५/0७६ को पहिलो दिनलाई सेयर बजार परिसूचक ‘नेप्से’ले ‘रेड कार्ड’ देखाएको छ । सेयर बजार ८.०५ अंकले घटेर नयाँ आर्थिक वर्षको पहिलो दिनलाई ‘रेड कार्ड’ देखाएको हो ।

मंगलबार सेयर बजारका अधिकांश समूह राताम्मे देखिदा नेप्से परिसूचकमा ८.०५ अंकको गिरावट आयो । १ हजार २ सय १२ दशमलव ११ अंकबाट शुरु भएको कारोबार घटेर १ हजार २ सय ४ दशमलव ३१ को बिन्दुमा आइपुगेको छ ।

मंगलबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक भने १ दशमलव ५८ अंकले घटेर २ सय ५३ दशमलव ६२ अंकमा पुगेर बन्द भएको छ ।

मंगलबार सेयर कारोबार रकममा समेत गिरावट देखिएको छ । दिनभर ५ लाख १४ हजार १ सय ६१ कित्ताको सेयर किनबेच हुँदा जम्मा २० करोड ६० लाख ८८ हजार १ सय ३१ रुपैयाँ कारोबार भएको छ ।

कारोबार रकमका हिसाबले मंगलबार नबिल बैंक अग्रस्थानमा देखिएको छ । नविलको ५ करोड ८१ लाख ८३ हजार ८७५ रुपैयाँ कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार