महालक्ष्मी विकास बैंकको गोकुलेश्वर र पाटनशाखाको एकैसाथ सेवा विस्तार


Share This


नेपालबहस संवाददाता    63 Views

काठमाडौं । महालक्ष्मी बिकास बैंक लि. ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटनशाखाको एकै साथ औपचारिक समुद्घाटन गरेको छ ।

बैँकको गोकुलेश्वर शाखाको समुद्घाटन शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटनशाखाको समुद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चंद रिबन काटे पश्चात् दीप प्रज्वलन गरेर गरेका छन् ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

साथै उनले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता व्यक्त गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मीविकास बैंक लि. ले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया