हिमालयन उर्जा पावरले पायो इक्रा रेटिङ ४


Share This


नेपालबहस संवाददाता    28 Views

२४ करोड ७५ लाख रुपैयाँको साधारण शेयर निष्कासन गर्ने

काठमाडौं । हिमालयन उर्जा पावरले इक्रा रेटिङ इक्राएनपि आइपिओ ग्रेड ४ पाएको छ। कम्पनीले धितोपत्र बोर्डमा २४ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्न निवेदन दिएको थियो।

कम्पनीले ९ लाख ९० हजार कित्ता प्रभावित क्षेत्रको लागि र १४ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्ने माग गरेको छ।

१९ मेगावाट क्षमताको उक्त आयोजनाको ७ मेगावाटको सेमि क्यासेड परियोजना रहेको छ।कम्पनीका अनुसार तीन अर्ब १४ करोड रुपैयाँको कुल लागतमध्ये २ अर्ब ३५ करोड रुपैयाँ ऋणबाट जुटाउने छ। कम्पनीले संस्थापक शेयरधनीबाट ७४ करोड २५ लाख रुपैयाँ उठाइसकेको जनाएको छ।

कम्पनीले परियोजना निर्माणको लागि आवश्यक रकम ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पूँजीबाट उठाउँदैछ। पूँजी संरचनामा ७५ प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको रहेको छ।

सर्वसाधारण शेयर तर्फबाट प्रभावित क्षेत्रकालागि १० प्रतिशत र सर्वसाधारणकालागि १५ प्रतिशत रहेको

तपाईको प्रतिक्रिया