आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंक अस्योरेन्स सम्झौता


Share This


नेपालबहस संवाददाता    20 Views

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपालबंगलादेश बैंक लिमिटेडका तर्फबाट नायबकार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंककागा्रहकहरुले नेपालबंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न समिने बताएका छन् ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

तपाईको प्रतिक्रिया