मुख्यमन्त्रीबाट दोर्दी शाखाको समुद्घाटन र स्वास्थ्यशिविर


Share This


नेपालबहस संवाददाता    23 Views

लमजुङ । जनता बैंक नेपाल लिमिटेड लमजुङको दोर्दी शाखाको प्रदेश नंं. ४ का मुख्यमन्त्री माननीय पृथ्वी सुव्वा गुरुङले एक समारोहका विच समुद्घाटन गरेका छन् ।

बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीति अनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशि ब्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशिल बन्न आग्रह गरे ।

प्रदेश सभा साँसद मायानाथ अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, बैंक संचालकश्री रामबहादुर भण्डारी र बिनित अग्रवाल, संचालक समितिका पूर्व अध्यक्ष उदय नेपाली श्रेष्ठको समेत उपस्थित रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले त्येस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरे । साथै बैंकले विभिन्न सामाजिक कार्यहरु पनि गरिरहेको स्मरण गराउदै यस क्षेत्रमा आगामी बर्षमा पनि नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीले देशको ग्रामिण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पु¥याउने लक्ष्य अनुसार यो शाखा खोलिएकाले आधुनिक बैंकिङ सुविधालिई जिवन स्तरलाई सहज बनाउन आग्रह गरे । साथै यस शाखाको सहयोगबाट यस क्षेत्रका जनताको उद्यमशिलता र आयस्तर बढ्ने विश्वास ब्यक्त गरेका छन् ।

स्वास्थ्य शिविर तथा आँखा शिविर कार्यक्रम

शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहतनिःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । जनता बैंकको आयोजना तथा अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा एक दिने स्त्रीतथा प्रसुती रोग, नाक÷काँन÷घाँटी र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा ३२४ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराउनु भएको थियो । सो मध्ये आङ खस्ने सम्बन्धि रोगको अप्रेशन गर्नुपर्ने विरामीको निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको छ ।

त्यसैगरी जनता बैंककै आयोजना र नेपाल नेत्रज्यौति संघ तथा हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सोही स्थानमा बैशाख २८, २९ र ३० गते गरी ३ दिने बृहत आँखाशिविर संचालन गरिएको छ ।

परिक्षण स्थलमै मोतिबिन्दुको निःशुल्क अपरेशनको समेत व्यवस्था गरिएको उक्त शिविरमा २८ र २९ गते गरी कुल ८ सय ६५ जनाको आँखाजाँच गराएकोमा १६ जना विरामीको निःशुल्क अपरेशन गरिएको छ । ३० गते सम्म संचालन हुने उक्त शिविरमा करिव एक हजार जनाको आँखा परिक्षण गरिने र ५० जना भन्दा बढीको मोतिबिन्दुको अपरेशन गरिने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया