आइएमइबाट बिमित परिवारलाई रकम हस्तान्तरण


Share This


नेपालबहस संवाददाता    108 Views

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगारमा जादा बीमा गराइ गएकाका आफन्तलाई रकम उपलब्ध गराइएको छ ।

(म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (UAE) मा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले उक्त रकम उनका आफनतलाई हस्तान्तरण गरिएको हो ।

दुबै बीमितको मिति जेठ ६ गते कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति उनको श्रीमती गंगाकुमारी थापा र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति उनको श्रीमान पासाङ शेर्पालाई क्रमशं रु १३,००,०००।०० (तेह्र लाख मात्र) र रु १४,००,०००।०० (चौधलाखमात्र) कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले एक समारोह विच हस्तानतरण गरेको बताए ।

तपाईको प्रतिक्रिया