एनएमबी बैंकले १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने तयारी


Share This


नेपालबहस संवाददाता    40 Views

काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ ।

बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस शेयर वित्तरण गर्ने जनाएको छ । सो वित्तरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले बैंकले साउन ३१ गते साधारणसभा बोलाएको हो ।

बैंकले चुक्ता पुँजीको ०.७८९५ का दरले हुन आउने ६ करोड २५ हजार ९ सय ७९ रुपैयाँ नगद लाशांश प्रस्ताव पनि स्वीकृत गराउनेछ । साधारणसभा स्टाफ कलेज जावलाखेलमा हुनेछ ।

यस्तै बैंकले जारी पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैयाँबाट बृद्धि गरेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुर्याउँन पनि साधारणसधाले स्वीकृति प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया