बुधबार सेयर बजार बढ्यो, कारोबारमा सन्तोषजनक भएन्


Share This


नेपालबहस संवाददाता    18 Views

काठमाडौं । बुधबार नेप्से परिसुचक ४.१६ अंकले बढेर १३३८.०१ बिन्दु कायम भएको छ । कारोबारमा आएका १५८ कम्पनीको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । बजार समग्रमा ०.३१ प्रतिशतले बढेको हो । फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै कम्पनीमा हरियाली देखिएको छ ।

फाइनान्स समुह २.८४ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन तर्फ ६.८४ अंकले गिरावट आएको छ । आज सबैभन्दा बढी होटल समुह ४६.१४ अंकले बढेको छ भने माइक्रोफाइनान्स तर्फ २२.८४ अंकको बृद्धि भएको छ । यता जलविद्युत तर्फ १३.१३ अंकको बृद्धि भएको हो ।

बजार बढ्दा सबैभन्दा बढी वमी माइक्रो फाइनान्सको १ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा नेपार दुसञ्चार कम्पनी (एनटीसी) को बढी कारोबार भएको छ । एनटीसीको ८२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो । मंगलबारको तुलनामा बजार बढेपनि कारोबार भने सन्तोषजनक देखि छैन । अहिले लगानीकर्ताहरु केवासी अपडेट गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार