पहिलो पटक टाईटल विनर फेशन शो सम्पन्न ‘तस्विर’

काठमाडौ । पहिलो पटक नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा बिजेता बनेका ताज बिजेताहरुलाई पेजेण्ट नेपालले एउटै र्याम्पमा उतारेर भब्य रुपमा फेशन शो सम्पन्न गरेको छ । १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी बिजेताहरु रहेको शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा समेतले भाग लिएका थिए । मिस नेपाल २००० उषा खड्गी तथा नायिका संचिता लुईटेल शोस्टपर्स रहेको फेशन शोमा प्रमुख अतिथी द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपतीको प्रमुख आतिथ्यमा शो सम्पन्न भएको थियो । थप पढ्नुहोस्

प्लस टु अफ द ईयर २०१८ को दोश्रो अडिसन असार २३ गते

चितवन । टप वान मिडिया प्रालि चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको प्रायोजनमा चितवन प्लस टु अफ द ईयर २०१८ को दोश्रो अडिसन असार २३ गते शनिबार हुने भएको छ । यसअघि पहिलो अडिसन असार ९ गते शनिबार सम्पन्न भएको छ पहिलो र दोस्रो अडिसन बाट छानिएका प्रतिस्प्रधीहरुलाइ अनितिम प्रतिस्प्रधामा उतारिने बताइएको छ । थप पढ्नुहोस्

ग्ल्यामर हन्टको फिनाले सोमबार हुने

काठमाडौं । मोडलिङ क्षेत्रमा भविश्य खोज्नेहरुका लागि आयोजना गरिएको ग्ल्यामर हन्टको फिनाले आगामी सोमबार हुने भएको छ । देशभरका विभिन्न जिल्लाहरुबाट प्रतियोगितामा सहभागी भएका ७० जनाहरु मध्येबाट छनौट भएका १३ जना सहभागीले आफ्नो ग्ल्यामर प्रस्तुत गर्नेछन् । ब्राइट ग्ल्याम नेपालको आयोजनामा भइरहेको सो ग्ल्यामर हन्ट नेपालको फिनाले आगामी सोमबार त्रिपुरेस्वरस्थित वल्ड ट्रेड सेन्टरमा हुने आयोजक संस्थामा कोरियोग्राफर नितेन्द्र कर्णले बताए । सो फिनालेमा सहभागीहरु १ महिनादेखि प्रशिक्षणमा सहभागी छन् । थप पढ्नुहोस्

पाँचौ संस्करणको मिसेस मंगोल नेपालको ताज धनमायाँलाई

काठमाडौं । पाँचौ संस्करणको ‘मिसेस मंगोल नेपाल २०१८’ को उपाधी धनमाया मगरले हात पारेकी छिन् । बिगत ५ बर्ष देखी मंगोल समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिताका फस्ट रनरअप निर्मला राई तथा सेकेन्ड रनरअपको उपाधी पम्फा ओजीले हात पारे । थप पढ्नुहोस्

मिस्टर हेन्डसम नेपाल २०१८ को आवेदन फारम खुल्ला

काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् मिस टिन कलेज कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत कलेजमा अध्ययनरत युवाहरुमा केन्दि«त “मिस्टर हेन्डसम नेपाल २०१८ को आयोजना सुरु भएको छ । उपत्यका लगायत मोफसलका शहरहरुमा वढीमात्रामा युवतीहरुलाइ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुदै आएको मा युवाहरुको पनि सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले पहिलो चोटी यस्तो कार्यक्रम आयोजना गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले बताए । थप पढ्नुहोस्

चाईल्ड आईकन ट्यालेन्टको फाईनल असार ९ गते धरानमा

काठमाडौं । सुवास संकल्प, ईटहरीर धरानमा पहिलो पटक संचालन भैरहेको ‘चाईल्ड आईकन’ को ट्यालेन्ट राउन्ड यहि सनिवार सम्पन्न भएको छ । धरानको झन्डै २५ बढी स्कुलबाट ३०० को हाराहारीमा ‘चाईल्ड आईकन’ मा अडिसन दिन आएका स्कुले केटाकेटीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्दै ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ट्यालेन्ट राउन्डमा यस आईकनको लागि अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटीहरुले आफ्नो विभिन्न प्रस्तुति पस्किएका थिए । थप पढ्नुहोस्

रंगकर्मी तथा फेसन डिजाइनर निताको ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा

काठमाडौं । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाको ‘ब्यूटी हेरिटेज’ अभिनेतादेखि पूर्वमन्त्रीसम्मले उद्घाटन गरेपछि सञ्चालनमा आएको छ । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरेको बताइएको छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न बताइएकी छिन् । थप पढ्नुहोस्

धरानमा चाईल्ड आईकनको प्रशिक्षण सुरु

ईटहरी । बच्चा भित्र भएको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने जमर्को सहित धरानमा चाईल्ड आईकन भैरहेको छ । यस आईकनको लागि धरानमा २५ बढी स्कुलबाट झन्डै ३०० को हाराहारीमा अडिसन दिन स्कुले केटाकेटी उपस्थित भएका थिए । अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटी फाईनल प्रतिष्पर्धाको लागि छनौट भएका छन् । फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर्धीको यसै शुक्रबार फोटोसुट पनि सम्पन्न भएको छ । जिम्मेवार र असल नागरिक बन्नको लागि एक ब्यक्ति भित्र हुनुपर्ने गुणका साथै उनिहरु भित्र भएका प्रतिभालाई अझै निखार ल्याउन अहिले विभिन्न किसिमका प्रशिक्षण भैरहेको छ । थप पढ्नुहोस्

एसइइ मोडल हन्टको उपाधि दिया र कृशललाई

काठमाडौं । पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । डीएम इन्टरटेन्मेन्टको आयोजना र थ्रीडि नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले जितेका हुन् । त्यस्तै, निशान चेम्जोङ लिम्बु र कृषा श्रेष्ठ फ्रस्ट रनर्स अप तथा समृद्धि गिरी र आयुष लामा सेकेन्ड रनर्स अप घोषित भए । थप पढ्नुहोस्

नीति शाहले ‘पेस्को मेकअप स्टुडियो’को गरीन उद्घाटन

काठमाडौं । बर्षौदेखी ब्युटिपार्लर व्यवसाय सञ्चालन गरीरहेकी मनिता तामाङ्गले ‘पेस्को मेकअप स्टुडियो’को संचालनमा ल्याएकी छन् । ईटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियोको २०१७ कि मिस ईण्टरनेसनल नेपाल उपाधि हात पार्न सफल नीति शाहले रिबन काटेरे उद्घाटन गरेकी हुन् । सौन्दर्य सबैको लागि अपरिहार्य चिज हो । सबैमाझ उपस्थिति हुदा आफु राम्रो बनेर सबैलाई आफूप्रति आकर्षित गर्न सकु भन्ने भावना सबैको हुन्छ । यस्तैमा पछिल्लो समय मानिसलाई सुन्दर बनाउने थुप्रै ब्युटिपार्लर तथा ह्याण्डसम पार्लरहरु खुल्ने गरेको छ । थप पढ्नुहोस्
1 2 3