बादी समुदायको कथा ‘पण्डित बाजेको लौरी’ फिल्ममा

चलचित्र ‘पण्डित बजेको लौरी’ को टिजर सार्वजनिक भएको छ । बादी समुदायको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाउने प्रयास गरिएको छ । टिजरमा विजय बराल र सन्ध्या केसी बादी र बदिनीको भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या९बदिनी०सँग रहेको हुन्छ । रोल्पा रोग चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको टिजरमा सम्पूर्ण कलाकारलाई फिचर गरिएको छ । थप पढ्नुहोस्

नायिका निशा बनिन् आमा

काठमाडौं । अभिनेत्री निशा अधिकारीले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी छन्। बिहिबार निशाले अमेरिकाको एक अस्पतालमा छोरालाई जन्म दिएकी हुन्।गत असारमा उनले क्रिकेटर शरद भेषावकरसँग विवाह बन्धन गरेकी थिइन्।बिहिबार आमामा बनेकी निशाले आफ्नो फेसबुकमा शनिबार आफू आमा बनेको र भर्खरै आएको सानो मान्छेले खुशी र माया ल्याएको उल्लेख गर्दै छोराको फोटो पोस्ट गरेकी छन्। उनले छोराको नाम ‘युभान निशरद’ राखेकी छन्। सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी निशा केही समय अघिदेखि गर्भवती अवस्थामा नै आफू निर्मित ‘झ्यानाकुटी’ फिल्मको अमेरिका प्रदर्शनका लागि अमेरिका गएकी थिइन् । थप पढ्नुहोस्

निर्देशक सौगात बिष्टको कमेडी चलचित्र ‘हैरान’ देशभरका ८० हलमा एकैसाथ

काठमाडौ । विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’ शुक्रबारबाट देशभरका ८० हलमा रिलिज भएको छ । डान्स फेभरको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई कमेडी र एक्सन तयार गरिएको छ । नेपालमा पछिल्लो समयमा कमेडी चलचित्रले दर्शकको मन जितिरहेको समयमा ‘हैरान’ले पनि दर्शकलाई हसाँउने तयारी गरेको निर्देशक बिष्टले बताए । https://youtu.be/Y7uNkYiwKcg चलचित्रमा सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, वुद्दि तामाङ, आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।हैरानका अभिनय मात्र होइन गितहरु पनि त्यतिकै राम्रा र मिठा छन् । थप पढ्नुहोस्

बलिउड अभिनेत्री सोनम कपुर र आनन्द अहुजा विवाह बन्धनमा बाँधिए

एजेन्सि / बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द अहुजा मंगलवार विवाह बन्धनमा बाँधिएका छन्। विवाह पहिरनमा उनी निकै सुन्दर देखिएकी उनका प्रेमि अहुजाले बताए । विवाहमा कलाकारहरु अमिताभ बच्चन, अभिषेक बच्चन, करिना कपूर खान, सैफ अलि खान, करण जोहर, करिश्मा कपूर ज्याकलिन फर्नान्डिस लगायत पुगेका थिए। विवाहमा विशेष व्यक्तित्वहरुलार्इ बोलाइएको थियो। मुम्बर्इको बान्द्रामा उनीहरुको विवाह भएको भारतीय मिडिया एजेन्सिले जनाएको छ । थप पढ्नुहोस्

अभिनेता सलमानलाई ५ वर्ष जेल सजाय

२३ चैत, काठमाडौं । भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उनका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो । थप पढ्नुहोस्

प्रधानमन्त्रीको ५४ सदस्यीय भ्रमण टोलिमा अटाए राजेश र दिनेश

२२ चैत, काठमाडौं । प्रधानमन्त्रीको भोलीदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटकचलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जान लागेका छन् । भ्रमण दलमा लोकप्रिय नायक राजेश हमाल र निर्देशक दिनेश डिसी सहभागी हुनेछन् । थप पढ्नुहोस्

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण हुँदै

२६ माघ, काठमाडौं । तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका लागि निर्वाह गरेको भूमिकाका बारे कथा समावेश गरिएको छ । थप पढ्नुहोस्

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू हुने

१९ माघ, काठमाडौं । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो । थप पढ्नुहोस्

अनमोल अभिनित ‘कृ’को ट्रेलर रिलिज

पुस ३, काठमाडौं । चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिने निर्माताले बताएका छन् । सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ । बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार फिल्मको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो । थप पढ्नुहोस्

भारतीय वरिष्ठ सिने निर्देशक शाहको मृत्यु

२२ असोज, काठमाडौं । व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । ६९ बर्षका शाहको उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलीभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धि अध्ययन गरेका थिए र सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गरेका थिए । उनले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गरेका थिए । थप पढ्नुहोस्
1 2 3