चिनियाँ संस्कृतिमा सर्पको मासु खाने परम्परा

काठमाडौं । चिनियाँ संस्कृतिमा सर्पको मासुलाई विगत २ हजार वर्षदेखि प्रयोग गरिंदै आएको छ । चीनमा विशेष गरेर सर्पको मासुको सुपलाई औषधीका रूपमा प्रयोग गरिन्छ । चीनको हुनान प्रशासनिक क्षेत्रअन्तर्गतको ग्वाङडोङमा सर्पको मासु प्रयोग गरिन्छ । चीनबाहेक दक्षिणपूर्वी एसियाका केही भागमा समेत सर्पको मासु निकै रुचाइन्छ । खासगरी भियतनाममा सर्पको मासु माछा वा कुखुराको मासुभन्दा बढी लोकप्रिय छ । पश्चिम अफ्रिका तथा नाइजेरियाका केही क्षेत्रमा पनि त्यहाँका आदिवासीहरू सर्पको मासुका विभिन्न परिकार खान्छन् । थप पढ्नुहोस्

पोल्यान्डमा अनौठो बियर

काठमाडौं । युरोपियन बियरका हजारौं स्वाद एवं गन्ध छन् । यसैक्रममा पोल्यान्डमा हालै अनौठो स्वाद र गन्धयुक्त बियर आएको छ । स्वाद र गन्धकै कारण यो बियरप्रति अहिले विश्वभरका बियर पारखीहरूको ध्यान आकर्षित भैरहेको छ । बियरको बढ्दो प्रतिस्पर्धामा आफूलाई पृथक् बनाउन पोल्यान्डको एक बियर कम्पनीले महिलाको योनिको गन्ध र स्वादलाई बियरमा समावेश गर्न सफल भएको दाबी गरिएको छ । कम्पनीका मालिक बोज्टेक म्यानका अनुसार उनले कृत्रिम बास्ना प्रयोग गरेर उक्त बियर उत्पादन गरेका होइनन् । थप पढ्नुहोस्

दक्षिण एशियाकी सबभन्दा सानी जीवित बच्चा ‘भिडियो’

भारत । भारतको हैदराबादस्थित अस्पतालमा दक्षिण एशियाकी सबभन्दा सानी जीवित बच्चा जन्मेको छ । गर्भमा रहेको २५ औँ हप्तामा जन्मेको डाक्टरहरुले बताएका छन् । बच्चा ४ सय ग्राम भन्दा सानो भएमा बाच्न सक्ने अनुमान एकदमै न्यून हुन्छ तर, ३७५ ग्राम तौल भएको बच्चा छोरी हुन् । यिनी अहिले सम्म बाचेकी छिन् । जन्मेको दिनदेखि उनलाई १२८ दिन सम्म अस्पतालमा राखेर उपचार संगै हेरचाह गरिएको थियो । अहिले उनको अवस्था निकै राम्रो रहेको डाक्टरहरूले बताएका छन् । थप पढ्नुहोस्

सन्तानको खुशीका लागि ऋतिक र सुजैनको पुनर्मिलन

काठमाडौं । बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुन: विवाह बाधिने खबरले यतिबेला बलिउड तातिएको छ। नायक ऋतिकले आफ्नी बचपनकी साथी सुजैनसँग सन् २००० डिसेम्बर २० मा विवाह गरेका थिए। वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए। उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन्। सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका चर्चाहरु धेरै भएका थिए । आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले स‌ंचारमाध्यममा स्थान पाएको छ । थप पढ्नुहोस्

गायकलाई अंगालो हालेको आरोपमा युवती गिरफ्तार !

एक्काइसौँ शताब्दीको यो युगमा केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा कति क्रूर छन् भन्ने कुरा साउदी अरबको पछिल्लो घटनाले पुष्टि गरेको छ । साउदी अरबमा हालै एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् । साउदीको पश्चिमी सहर तैफमा शुक्रबार यो घटना भएको हो । त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् । त्यसपछि त्यहाँ उपस्थित महिला सुरक्षाकर्मीहरुले ती युवतीलाई तत्कालै पक्राउ गरे । थप पढ्नुहोस्

नयाँ ठाउँमा किन निन्द्रा पर्दैन ? जान्नुहोस् यस्तो छ कारण

काठमाडौं । के तपाईलाई पनि नयाँ ठाउँमा निन्द्रा पर्दैन रु धेरैजसोले यो समस्यालाई महसुश गरेका छन् । हामी दिनहुँ जुन ओछ्यानमा सुत्छौ, त्यसमा पल्टिएको केही क्षणमै निन्द्रा लागिहाल्छ । तर, हामी कुनै नयाँ ठाउम पाहुना गयौँ वा बास बस्न पुग्यौँ वा होटलमा बस्नुपर्यो भने त्यहाँको ओछ्यानमा निन्द्रै पर्दैन । यस्तो हुनुको मुख्य कारण ‘सहजता’लाई दोष दिन्छौँ हामी । हामीलाई लाग्छ, नयाँ ओछ्या्नले हामीलाई सहजता दिँदैन जति आफ्नो पुरानोमा हुन्छ । तर, यस्तो सोच्नु आफ्नो चित्त बुझाउँनु मात्रै हो । थप पढ्नुहोस्

काजल देखि श्रुतिसम्म,अविवाहित साउथका ९ नायिका

अनुष्का शेट्टी फिल्म ‘बाहुबलीस् द कन्क्लुजन’मा बाहुबलीकी पत्नी देवसेनाको भूमिका निभाएर चर्चा बटुलिरहेकी नायिका अनुष्का शेट्टीको जन्म सन् १९८१ ७ नोभेम्बरमा भएको थियो । अनुष्का अहिलेसम्म अविवाहित छिन्। अनुष्का सहित साउथ इन्डियन सिनेमाका कयौं नायिका ३० वर्ष पारिगरिसक्दा पनि अविवाहित नै छन् । कयौं तमिल र तेलुगु फिल्मको हिस्सा बनिसकेकी अनुष्काको वास्तविक नाम स्वीटी शेट्टी हो उनले सन् ‘२००५ मा फिल्म ‘सुपर’बाट करिअर सुरु गरेकी थिइन । थप पढ्नुहोस्

६६ वर्षदेखि पालिएको विश्वकै लामो नङ्ग काटियो

‘तिनीहरूलाई बढाउन वर्षौँ लागेको थियो तर काट्नको लागि दुई मिनेट पनि लागेन ।’ बुधबार एउटा हातमा सबैभन्दा लामो नङ्गको लागि गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका भारतको पुणे निबासी श्रीधर चिल्ललले अन्ततः आफ्ना नङ्गहरु काटे । अझै ठ्याक्कै भन्ने हो भने अनुहारमा मुखौटा लगाएका एक प्राविधिकले सावधानीपूर्वक नङ्गलाई हटाए । यो कार्य न्यूयोर्कमा विशेष कार्यक्रममा माझ सम्पन्न गरिएको थियो । ८२ बर्षीया चिल्ललले १४ वर्षको उमेरदेखि आफ्नो बायाँ हातको नङ्ग बढाउदै आएका थिए । थप पढ्नुहोस्

छोरी जन्माउनेलाई १० हजार पुरुस्कार !

कलैया । बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रूपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजार रूपैयाँका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए । छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताइन् । थप पढ्नुहोस्

मेसी र रोनाल्डोको झगडामा लोग्नेले दिए डिर्भोस !

मस्को । रूसमा जारी रहेको विश्वकप फुटबलबाट अर्जेन्टिना र पोर्चुगल बाहिरिइसकेका छन् । तर पनि यी दुई देशका समर्थकबीच दुई सुपर स्टार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई लिएर निरन्तर बहस चल्दै आएको छ । यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहसले समर्थकहरुबीच कुटाकुट र गालीगलौजसम्म हुने गरेको छ। यस्तै एउटा रोचक घटना विश्वकप आयोजक राष्ट्र रसियाबाट आएको छ । एक व्यक्तिले क्रिस्टियानो रोनाल्डोलाई लियोनेल मेसी भन्दा उत्कृष्ट भनेको झोँकमा पत्नीलाई तलाक दिएको समाचारले अहिले फुटबल जगतलाई तताएको छ। यो घटना २६ जुनमा भएको हो । थप पढ्नुहोस्
1 2 3 6