रंगकर्मी तथा फेसन डिजाइनर निताको ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा

काठमाडौं । रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाको ‘ब्यूटी हेरिटेज’ अभिनेतादेखि पूर्वमन्त्रीसम्मले उद्घाटन गरेपछि सञ्चालनमा आएको छ । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरेको बताइएको छ । सञ्चालिका नीताले आफू बाल्यकालदेखि नै फेसन डिजाइनर र व्यूटिशियन बन्ने चाहना रहेको बताउँदै अब ‘ब्यूटी हेरिटेज’ बाट ती इच्छा पूरा गर्न बताइएकी छिन् । थप पढ्नुहोस्

सौन्दर्य टिप्ससगै मिस पिंकलाई महराको अग्रिम शुभकामना

काठमाडौँ । काठमाडौंमा  संचालन हुन गैइरहेको मिस पिंक प्रतियोगिको तयारी अन्तिम चरणमा पुगेको छ । मिस पिंकको अन्तिम प्रतियागिता जेठ १० राष्ट्रिय नाचघरमा हुने भएपछि फेसियल हाउसकी संचालक महराले प्रतियोगितामा भाग लिएका सहभागिहरुलाई अग्रिम शुभकामना व्यक्त गरेकी छिन् । मिस पिंकको प्रतियोगिताको तयारी पुरा भैइसकेको जानकारी दिदै फेसियल हाउसमा केक काटेर उनीहरुलाई अग्रिम बधाई तथा शुभकामना दिएकी हुन् । साथै उनले शुभकामना कार्यक्रममा प्रतियोगीहरुलाई सौन्दर्य सम्बन्धि टिप्स पनि दिएकी छिन् । मिस पिंकको आउँदो जेठ १० गते राष्ट्रिय नाचघरमा अन्ति स्पर्धा हुँदैछ । थप पढ्नुहोस्

राष्ट्रिय उद्यमी अवार्डबाट फेसियल हाउसकी महरा सम्मानित

काठमाडौं । फेसियल हाउसकी प्रवन्ध निर्देशक शुषमा महरा राष्ट्रिय उद्यमीबाट अवार्डबाट सम्मानित भएकी छिन्। महरालाई नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । महरालाई महिला, बालबालिका तथा युवा सचेतना समाजले ‘स्वर्ण सम्मान २०७५’ ले सम्मान गरेको हो । लामो समयदेखि महिला वर्गको हितका लागि काम गर्दै आएकाले सम्मानका लागि उपयुक्त ठह¥याइएको सचेतना समाजका अध्यक्ष दिपशिखा शर्माले बताए । महरा गतवर्ष राष्ट्रिय नारी सम्मानबाट समेत पुरस्कृत भएकी थिइन् । थप पढ्नुहोस्

“मिस स्कुबा नेपाल २०१८” को अडिसन जेठ १९ गते हुँदै, बिजेताले मलेसियामा भाग लिन पाउने

२४ बैशाख, काठमाडौंं । विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले मिस स्कुबा नेपाल २०१८ को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एबम अन्तराष्ट्रिय स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने यस प्रा.लि.का प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्य उत्कृष्टलार्इ मलेशियामा आयोजना हुन गइरहेको मिस स्कुबा इन्टरनेशनल२०१८ मा सहभागिता जनाउन अवसर प्रदान गरिने भएको छ । थप पढ्नुहोस्

जापानमा मिस एण्ड मिसेस नेपाल २०१८ हुने

१९ पुस, काठमाडौं । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो । आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । थप पढ्नुहोस्

मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

१६ मंसिर, काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ । चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् । थप पढ्नुहोस्

मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

४ असोज, काठमाडौं । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् । सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन् । थप पढ्नुहोस्

मिस टुरिजमको दोस्रो संस्करण कात्तिक १८ गते, आवेदन दिने अन्तिम म्याद असोज ६ गतेसम्म

१८ भदौ, काठमाडौं । मिस टुरिजमको दोस्रो संस्करण आगामी कात्तिक १८ गते आयोजना हुने भएको छ । प्वाइन्ट मिडिया प्रा.लि.ले गतवर्ष झैँ यसवर्ष पनि प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागि भोलि सोमबारदेखि असोज ६ गतेसम्म देशभर आवेदन खुल्ला गरिएको आयोजकले जनाएका छन् । थप पढ्नुहोस्

असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

१३ भदौ, काठमाडौं । काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा काठमाडौँ जेसीजका अध्यक्ष दीपक भण्डारीले देशभर रहेका १६ देखि १९ वर्षसम्मका युवतीको प्रतिभा प्रष्फुटन गर्नका लागि हरेक वर्ष झैँ यो वर्षपनि मिस टिन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । “सन् १९९४ मा काठमाडौँ जेसीजले मिस नेपाल प्रतियोगिताको आयोजना गरेको थियो । थप पढ्नुहोस्

मिस एयरहोस्टेस–२०१७ आवेदन फारम खुला

११ साउन, काठमाडौं । मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुला गरिएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी तालिम लिइ वसेका वा तालिम लिँदै गरेका कक्षा १२ वा सो सरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीले प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नेछन् । प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिएको आयोजक सिजन मिडियाले जनाएको छ । थप पढ्नुहोस्