‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

१ भदौ, काठमाडौं । राजनीतिज्ञ चन्द्रदेव जोशीले रचना गरेको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताए । थप पढ्नुहोस्

प्राज्ञिक पतनको एउटा नमून : बौद्धिक चोरीमा मुछिएका लेक्चरर, रिडर र प्रोफेसर, विश्वविद्यालयमा मौलाउँदो अन्धकार

नियुक्ति र बढुवाका लागि अंक ल्याउन उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक समेतले अरूका लेखरचना र पुस्तकलाई आफ्नो झैं प्रस्तुत गर्ने प्रवृत्ति विश्वविद्यालयहरूमा मौलाएको छ, कसरी ? २०७० सालमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्रा.डा.केदारनाथ घिमिरेलाई बौद्धिक चोरी गरेको आरोपमा कालोसूचीमा राख्यो । तर, दुई वर्ष नबित्दै उनको नाम कालोसूचीबाट हट्यो । घिमिरेलगायत तीन जनाको टोलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि यूजीसी रक्षात्मक हुनपुग्यो । थप पढ्नुहोस्

‘नौ आइजिपीसँगका अनुभूति’ सार्वजनिक

३१ साउन, काठमाडौं । पूर्वप्रहरी उपरीक्षक आनन्द पुरीको ‘नौ आइजिपीसँगका अनुभूति’ पुस्तक आज सार्वजनिक भएको छ । भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीमा साहित्यकार माया ठकुरी, हरि अधिकारी र पत्रकार दामोदर न्यौपानेले पुस्तकको लोकार्पण गरेका हुन् । प्रहरी संगठनमा ३२ वर्ष सेवा गरी निवृत्त भएका पुरीको पुस्तकमा संगठनभित्रका विविध राम्रा र नराम्रा पक्षलाई प्रस्तुत गरिएको छ । उनले तत्कालीन प्रहरी महानिरीक्षकसँगका अनुभूतिलाई समेटेर पुस्तक तयार गरेको प्रकाशक बिएन पुस्तक संसारका सञ्चालक सूर्य बिसीले जानकारी दिए । थप पढ्नुहोस्

चर्चित कलाकारको अभिनय भएको चलचित्र ‘संरक्षण’ यहि हप्ता लाग्ने

२२ साउन, काठमाडौं । देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा तयार पारिएको चलचित्र ‘संरक्षण’ यही साउन २७ गतेदेखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । थप पढ्नुहोस्

कला समीक्षक वाङ्देलको स्मरणमा शोकसभा

२२ साउन, कामाडौं । नेपाली कलालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएकी कला समीक्षक डा डीना वाङ्देलको आज स्मरण गरिएको छ । नेपाल आर्ट काउन्सिलले उनको निधनको तेह्रौँ दिनको पुण्यतिथिमा आज वाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न पु¥याएको योगदानको समीक्षा गरियो । उनले संयुक्त राज्य अमेरिकाको भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्बन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखी नेपालको कलालाई विश्वजगत्सम्म पु¥याएकी थिइन् । थप पढ्नुहोस्

मौलिक नेपाली संस्कृति ‘बालन’ लोप हुँदै, कस्तो होला त ४२७ चरणमा सकिने नाच !

गोपालप्रसाद पोखरेल २० साउन, मोरङ । झण्डै एक दशकअघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउँछन् । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको उनले बताए । बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उनले भने, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । बालन नाचका पारखी भट्टराई नाच्न पनि उत्तिकै सिपालु छन् । थप पढ्नुहोस्

‘प्रेम गीत- २’ को आक्रामक व्यापार

१५ साउन, काठमाडौं । लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए । चलचित्र ‘छक्का पन्जा’ र ‘लुट(२’ भन्दा प्रेमगीत(२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् । शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ । थप पढ्नुहोस्

प्रथमा लिएर आउँदै गायिका रेश्मा

१३ साउन, काठमाडौं । गायिका रेश्मा बम्जन स्थापित गायिकाहरुको भिडमा पहिलो एल्वम प्रथमा लिएर आउंदैछिन् । लामो सांगितिक यात्रा पछि उनले पहिलो पटक प्रथमा एल्वम लिएर आउन लागेकी हुन् । अहिले प्रथमाको गित रेकर्डिङ कार्य भइरहेको छ । एल्वममा ६ वटा गित समावेश रहेको उनले बताईन् । एल्वममा रोमान्टिक आधुनिक र रक सेलो रहेको छ । गायक दिपक लिम्वु संगको युगल गित जन्ती लिएर आउ बोलको गितले अहिले युट्युवमा चर्चा पाईरहेको छ । एल्वममा देव पुन चुचांगी , जीवन बहादुर बम्जन, जोगलाल लामा र फुल कुमार बम्जनको शव्द संगित रहेको छ । थप पढ्नुहोस्

जीवनको उपलब्धि

— गंगा लिगल मानिसको जीवनरुपी डुंगामा कहिले घामको उज्यालोले जीवन महकिन सक्दछ भने कहिले कालो बादलरुपी दुःखको छाँयाले जीवनमा मलिनता र नैराश्यता छाउन सक्दछ यो सुख र दुःखले वेरिएको जीवन यसले सधै नै जीवनमा खुसीको मुस्कान मात्र हेर्न चाहन्छ । थप पढ्नुहोस्
1 8 9 10 11 12 13