गायक रोर्वट छिस्टेलको ‘यो मुटुमा सजाए तिमीलाई’ सार्वजनिक

काठमान्डौँ । गायक रोर्वट छिस्टेलको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘यो मुटुमा सजाए तिमीलाई ’ सार्वजनिक भएको छ । विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । गीतमा रोर्वट छिस्टेलका ले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक रोर्वट छिस्टेलका स्यमको रहेको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । अविनास विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा आशा खड्का र याम तमुको अभिनय रहेको छ । थप पढ्नुहोस्

कबिता बलामी र कमल बिष्टको मनका कुरा बजारमा

काठमाडौँ । तिमीलाई मनका कुरा भनु कसरी बोलको म्युजिक भिडियो गित सार्वजनिक भएको छ । कबिता बलामी र कमल बिष्ट को स्वरमा रहेको मनका कुरा बोल को गीत सार्वजनिक भएको हो । गीत मा शब्द पप्पु थापा मगर अनी संगीत कमल बिष्ट को रहेको छ । एस गीत लाई मेलोडी नेपालले बजारमा ल्याएको गित सन्ध्य म्युजिक युटुप च्यानेल मा हेर्न सकिने छ । भिडियो लाई प्रदिप लामा ग्लन ले निर्देशन् गरेका छन्। भिडियो मा सुबाश तिमल्सिना र निर्मला तमाङ ले अभिनय गरेका छन । भिडियो लाई केशव विश्वकर्मा ले छायाकन गरेका हुन भने मोहन सुनुवार ले सम्पादन गरेका हुन । थप पढ्नुहोस्

सौन्दर्य टिप्ससगै मिस पिंकलाई महराको अग्रिम शुभकामना

काठमाडौँ । काठमाडौंमा  संचालन हुन गैइरहेको मिस पिंक प्रतियोगिको तयारी अन्तिम चरणमा पुगेको छ । मिस पिंकको अन्तिम प्रतियागिता जेठ १० राष्ट्रिय नाचघरमा हुने भएपछि फेसियल हाउसकी संचालक महराले प्रतियोगितामा भाग लिएका सहभागिहरुलाई अग्रिम शुभकामना व्यक्त गरेकी छिन् । मिस पिंकको प्रतियोगिताको तयारी पुरा भैइसकेको जानकारी दिदै फेसियल हाउसमा केक काटेर उनीहरुलाई अग्रिम बधाई तथा शुभकामना दिएकी हुन् । साथै उनले शुभकामना कार्यक्रममा प्रतियोगीहरुलाई सौन्दर्य सम्बन्धि टिप्स पनि दिएकी छिन् । मिस पिंकको आउँदो जेठ १० गते राष्ट्रिय नाचघरमा अन्ति स्पर्धा हुँदैछ । थप पढ्नुहोस्

राष्ट्रिय उद्यमी अवार्डबाट फेसियल हाउसकी महरा सम्मानित

काठमाडौं । फेसियल हाउसकी प्रवन्ध निर्देशक शुषमा महरा राष्ट्रिय उद्यमीबाट अवार्डबाट सम्मानित भएकी छिन्। महरालाई नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । महरालाई महिला, बालबालिका तथा युवा सचेतना समाजले ‘स्वर्ण सम्मान २०७५’ ले सम्मान गरेको हो । लामो समयदेखि महिला वर्गको हितका लागि काम गर्दै आएकाले सम्मानका लागि उपयुक्त ठह¥याइएको सचेतना समाजका अध्यक्ष दिपशिखा शर्माले बताए । महरा गतवर्ष राष्ट्रिय नारी सम्मानबाट समेत पुरस्कृत भएकी थिइन् । थप पढ्नुहोस्

सारिका केसीको मनको कुनामा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले बास पाएका छन् । थापाले यस्तो बास वास्तविक रुपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् । शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थप पढ्नुहोस्

अशोक दर्जीको पहिलो गीत नेपालमा मात्र होइन विदेशमा पनि नम्बर १

काठमाडौँ । अशोक दर्जीले गाएको पहिलो गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ नेपालमा मात्र होइन विदेशमा पनि १ नम्बर ट्रेन्डिङमा आएको छ । कुनै पनि नेपाली गीत विदेशमा १ नम्बर ट्रेन्डिङमा आएको यो सम्भवत पहिलोपटक हो । उक्त गीतका संगीतकार तथा गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमका सिलसिलामा हाल कतार पुगेका छन् ।त्यहीँबाट उनले आफ्नो गीत १ नम्बर ट्रेन्डिङमा रहेको जानकारी दिएका छन् । यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि नेपालमा १ नम्बर ट्रेन्डिङ ओगटिरहेको छ । लामो समय एक नम्बरमा रहने नेपाली गीतको रेकर्ड पनि यसले कायम गरिरहेको छ । थप पढ्नुहोस्

आगामी जेठ ११ मा फेसियल हाउस फेशन ट्रेड सिजन-२

काठमाडौँ । फेसियल हाउसको आयोजनामा जेष्ठ ११ गते शुक्रबार ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुने भएको छ । 'फेसियल हाउसले यसपटक फेशन शोका लागि मोडल मात्र नभई रोलमोडल पनि छानेको छ', फेसियल हाउस संचालिका सुष्मा महराले भनिन, 'समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतार्ने प्रयास गर्न खोजेका छौं । त्यसैले यसपल्ट चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी ब्यत्तिहरु लगायतलाई र्याम्पमा उतार्दैछौं । थप पढ्नुहोस्

बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो मायाँ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको ‘आमा तिम्रो मायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मित्र के.सी.को शब्द तथा संगीत रहेको उक्त गीतलाई सन्दिप राईले संगीत संयोजन गरेका हुन् । मिना लामाको निर्देशन रहेको म्युजिक भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बाल गृहका बालबालिकाको अभिनय रहेको छ । एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोले यतिबेला दर्शक, स्रोताको मन जित्न सफल भएको । बाल गायिका स्वप्निल गुरुङले छाटो समयमा पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको उच्च स्थान बन्ने विश्वास गर्न सकिन्छ । थप पढ्नुहोस्

विनिता अधिकारीको आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार ”

काठमाडौ । आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन । रेशम र्दलामीले छायांकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कपिल तिम्सिना , अमृता भटट्, विनिता अधिकारी ले अभिनय गरेका छन् । थप पढ्नुहोस्

जन्मभुमि प्रति समर्पित “ घर त मेरो रामेछाप जिल्ला ” लोक गीत बजारमा

विराटनगर । जन्मभुमि प्रति समर्पित भएर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राम कुमार कार्कीको लोकदोहोरी गित “घर त मेरो रामेछाप जिल्ला” बजारमा सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी गायिका पार्वती कार्कि र गायक राम कुमार कार्कि लोक गीत “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको हो ।रामेछाप जिल्लाको वर्णन गदैँ आफनी प्रेमीकालाई माया लगाउन चाहेको कुरा गायकले गायिकालाई भनेका छन । कुमार कार्किको शब्द सिर्जना भित्र राम कुमार पौडेलले संगीत भएका छन भने सो सन्देश मुलक गीतलाई राजेश सोनीले एरेन्ज गरेका छन । थप पढ्नुहोस्
1 2 3 4 13