काठमाडौंमा जेठ १२ गते मिस नेवाः को निर्णायक प्रतियोगिता

काठमाडौं । नेप्लीज फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा ‘मिस नेवाः ११३८’ का प्रतिस्पर्धि नेवार समुदायका युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । थापाथलीस्थित ब्लूबर्ड मलमा रहेको मूड्समा आयोजित ट्यालेन्ट शोमा सहभागि १७ जना प्रतिस्पर्धि सुन्दरीहरु मध्ये अधिकांशले नृत्य प्रस्तुत गरे । परम्परागत नेवारी पहिरन हाकु पटासीमा सजिएका अधिकांश सहभागिहरुले नृत्यमार्फत प्रतिभा प्रस्तुत गर्न नेवारी भाषाका लोकप्रिय गीतहरु छनोट गरेका थिए । त्यसमध्ये केही प्रतिस्पर्धिहरुले विभिन्न धार्मिक नृत्य समेत प्रस्तुत गरे । थप पढ्नुहोस्

गायिका विसी र गुरुङको नयाँ लोक दोहोरी गित “मेरो संसार उज्यालो ” बजारमा

काठमाडौ । मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा मेरो संसार उज्यालो लोक दोहोरी गित बजारमा आएको छ । देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” भर्खरै बजारमा आएको छ । मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको शब्दहरु गितमा निकै मार्मिक रुपमा समेटिएका छन् । थप पढ्नुहोस्

बिमल पराजुलीको (Alpha Beta Sigma Pai ) बजारमा

काठमाडौ । अल्फा बेटा सिङ्गमा पाई (Alpha Beta Sigma Pai ) को प्रयोग गर्दै नेपाली सङितिक बजारमा नयाँ गीत आएको छ। कालीको लाली कालीको जोवन साचेको हो कसलाई बिमल पराजुलीको संगीतमा रहेको यस गीतमा शब्द सुन्दर लायालुको रहेको छ र स्वर  बिमल पराजुली को नै रहेको छ भने गायिका अस्मिता अधिकारी ले उनलाई साथ दिएकि छिन् । युग र फिरिरी एल्बम मार्फत नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनायेका बिमल पराजुली यस गीतले पनि नेपाली सङीतिक बजार मा छुट्टै स्थान पाउने कुरामा आशाबादी रहेको बताए । थप पढ्नुहोस्

पूर्वाञ्चलमै पहिलोपटक ७ लाख लागतमा ज्याम हल सञ्चालन

काँकडभिट्टा । पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा पूर्वाञ्चलमै मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा हल सञ्चालनमा ल्याइएको हो । हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताए । सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताए । थप पढ्नुहोस्

चल्न थाल्यो “फास्ट–फास्ट” (कल्पना) डान्सिङ गित सार्वजनिक

काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ । थप पढ्नुहोस्

बलिउड अभिनेत्री सोनम कपुर र आनन्द अहुजा विवाह बन्धनमा बाँधिए

एजेन्सि / बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द अहुजा मंगलवार विवाह बन्धनमा बाँधिएका छन्। विवाह पहिरनमा उनी निकै सुन्दर देखिएकी उनका प्रेमि अहुजाले बताए । विवाहमा कलाकारहरु अमिताभ बच्चन, अभिषेक बच्चन, करिना कपूर खान, सैफ अलि खान, करण जोहर, करिश्मा कपूर ज्याकलिन फर्नान्डिस लगायत पुगेका थिए। विवाहमा विशेष व्यक्तित्वहरुलार्इ बोलाइएको थियो। मुम्बर्इको बान्द्रामा उनीहरुको विवाह भएको भारतीय मिडिया एजेन्सिले जनाएको छ । थप पढ्नुहोस्

गीतकार किरण पौडेलको शुभकामना प्रदेशबासीलाई गीत सार्वजनिक

काठमाडौ,२५ बैशाख । भावना म्यूजिक द्धारा गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ । यस गितमा पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा स्वर दिएका छन । ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बलका वरिस्ठ प्रहरी अधिकृत हुन । थप पढ्नुहोस्

“मिस स्कुबा नेपाल २०१८” को अडिसन जेठ १९ गते हुँदै, बिजेताले मलेसियामा भाग लिन पाउने

२४ बैशाख, काठमाडौंं । विगत लामो समय देखी सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्दै आएको मोडल सङ्स नेपाल प्रा.लि.ले मिस स्कुबा नेपाल २०१८ को आयोजना गर्ने भएको छ । नेपालको कला सस्कृतिको जगेर्ना एबम अन्तराष्ट्रिय स्तरमा नेपालको सहभागितालाई सुनिश्चित गरिने यस प्रा.लि.का प्रबन्ध निर्देशक डेबिल सिह राजपुतले बताएका छन् । सहभागिता जनाउने प्रतियोगीहरू मध्य उत्कृष्टलार्इ मलेशियामा आयोजना हुन गइरहेको मिस स्कुबा इन्टरनेशनल२०१८ मा सहभागिता जनाउन अवसर प्रदान गरिने भएको छ । थप पढ्नुहोस्

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नदिइने

२१ वैशाख, काठमाडौं । यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण शुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ । हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व हामीले थपसमय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौँ, ‘स्वीडिस एकेडेमी’ का अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गरी जानकारी गराउनु भएको छ । थप पढ्नुहोस्

मुलबासी नेपाली भित्र लिङ्गको आकृति देखाएर नाच्ने संस्कृति

२४ चैत, काठमाडौं । गुरुङहरुको भेषभुषा, इतिहास, संस्कार–संस्कृति, थातथालो सबै अरु जातिको भन्दा पृथक छ । केही फरक छ । जस्तै क्होलासोथरमा मामाभान्जा बीचमा कहाली लाग्दो घटना घटेको थियो । अरु जातिहरुमा मामाहरुको त्यति साह्रो महत्व हुदैन । तर गुरुङहरुमा त मामा(आँस्यो) विना कुनै पनि कर्मकाण्ड अघि नबढ्ने हुन्छ । यति सम्म की आँस्यो विना स्वर्ग पनि पुगिदैन भन्ने विश्वास छ । गुरुङहरुमा यो विश्वास किन यतिका बलियो साथ स्थापित भयो ? यसको कारण क्होलासोंथरको घटना हो । यदि यो संसारमा कोही कसैलाई क्होलासोंथरबारे भित्रीको भित्री कुरा थाहा छ भने त्यो केवल गुरुङहरुलाई नै थाहा छ । थप पढ्नुहोस्
1 2 3 4 5 13