हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र

काठमाडौं । हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो । थप पढ्नुहोस्

आदिकवि भानुभक्तको २ सय ५ औं जन्मजयन्ती आज, देशभर विभिन्न कार्यक्रम

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठानका अध्यक्ष डा.व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । वि।सं। १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । थप पढ्नुहोस्

बहुभाषिक कविगोष्ठीमा विभिन्न भाषाका १७ कविद्धारा कविता वाचन

गोदावरी ( ललितपुर ) । नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गरेका छन् । कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई 'नेपाली', सोझो गाउँले 'खस नेपाली', देवकी तिमिल्सिना 'खस व्याँसी भाषा', उदिम किराती 'थुलुङ् राई भाषा', विष्णु नेम्वाङ 'लिम्बू', साङ्तेन वान्तवा 'वान्तवा', बीना थिङ 'तामाङ', मनिषा राई 'थुलुङ राई' लगायतको उपस्थित रहेको थियो । थप पढ्नुहोस्

सवाल्टर्नका पीडा, अपेक्षा र आक्रोश सहितको गजलसंग्रह लिएर आइन् आस्था

काठमाडौं । कवि, गजलकार तथा पत्रकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ एकसाथ विमोचन गरिएको छ। शनिबार संवाद डबलीमा भएको कार्यक्रममा कार्यक्रममा गजलकार ललिजन रावलले गजल कृती विमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रावलले साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए। गजलकार रावलले अन्य साहित्य जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरूले आफूअनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । थप पढ्नुहोस्

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गीत प्रतियोगिता गर्ने

२२ चैत, काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पाँचौँ पूर्ण बैठकले ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ विषयमा केन्द्रित राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता–२०७५’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा सांसद डा विजय सुब्बाको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय, गौशालामा मङ्गलबार बसेको बैठकले स्रष्टालाई राष्ट्रिय गीतका लागि आह्वान गरी १० उत्कृष्ट गीत छनोट गरी सङ्गीतबद्ध गरेर सार्वजनिक गर्ने निर्णय गरेको छ । उत्कृष्ट गीतका स्रष्टालाई जनही रु पाँच हजारका साथ सम्मान गरिने बताइएको छ । थप पढ्नुहोस्

नेपालीपनका कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छन् : घिमिरे

१७ कात्तिक, काठमाडौं । साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ । सिर्जनात्मक महिला समूहले आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गरिन् । कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाएकी छिन् । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । थप पढ्नुहोस्

‘सेनेगल’ कविता संग्रह र ‘शासन र विकास’ पुस्तक सार्वजनिक

२९ असोज, काठमाडौं । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी दिइयो । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखेका थिए । साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरिएको थियो । थप पढ्नुहोस्

शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । थप पढ्नुहोस्

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् । थप पढ्नुहोस्

जीवनको उपलब्धि

— गंगा लिगल मानिसको जीवनरुपी डुंगामा कहिले घामको उज्यालोले जीवन महकिन सक्दछ भने कहिले कालो बादलरुपी दुःखको छाँयाले जीवनमा मलिनता र नैराश्यता छाउन सक्दछ यो सुख र दुःखले वेरिएको जीवन यसले सधै नै जीवनमा खुसीको मुस्कान मात्र हेर्न चाहन्छ । थप पढ्नुहोस्
1 2