रन्जित लामाको मुसुक्क ङेमा तामाङ सेलो भिडियो गित सार्वजनिक

काठमाडौं । चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् । तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफल गायक लामा पछिल्लो पुस्ताका व्यस्त गायकमा पर्दछन् । सार्वजनिक भएको भिडियोमा मिलन लामा र उर्मिला तामाङको अभिनय रहेको छ । दीपेन्द्र भट्टको छायांकन र सम्पादन रहेको भिडियोमा ड्रोनबाट भने सुरेश घिसिङले खिचेका थिए । थप पढ्नुहोस्

दुखत अनुभुतिलाइ समेटेर सुमना भण्डारीको ” विरह ” बजारमा

काठमाडौँ । जिवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । यस्तै मौलिक लोक सिर्जना समिटिएका लोक संगितहरु बजारमा अहिले निकै कम मात्रामा आउने गर्छन् । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ” बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवाजमा रहेको मार्मिक लोक दोहोरी गीत विरह बजारमा आएको हो । थप पढ्नुहोस्

“रक्तनली बन्द भए सानु ” भिडियो बजारमा

काठमाडौँ । गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको मौलिक लोक सिर्जनाले भरिएको नेपाली लोक गित “रक्तनली बन्द भए सानु ” बजारमा आएको छ । नेपाली जनजिवनका रहेर विभिन्न आयामहरुलाई समेट्दै जिवन र भोगाईका क्रममा बाध्यतामा विभिन्न पिडालाई भोग्नुपर्ने अवस्था लाई यस गितमा समेटिएको छ । गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा “रक्तनली बन्द भए सानु ” सलिना म्युजिक प्रालीको प्रस्तुतिमा भिमबहादुर विक र करण हमालको गीतको भिडियो बजारमा आएको छ । गीतमा मायाका सम्वादहरुलाई मौलिक भाकाको साथमा समेटिएको छ । थप पढ्नुहोस्

यस्तो माया दिउ कि तिमीलाई म जुन बजारमा

काठमाडौं । गायक तथा संगीतकार ताराबीर पाण्डे र गायिका पबित्रा गुरुङको यस्तो माया दिउ कि तिमीलाई म जुन भन्ने गित सार्वजनिक भएको छ । आफुले माया गरेको मायालुलाई आफुले दिएको माया कहिल्यै ओलिएर नझरोस भन्दै यस गितमा गायक तथा गायिका स्वर दिएका छन् । संसारमा माया भन्ने शब्द यस्तो हो कि जुन शब्द बिना मानिस मात्र होईन हरेक प्राणीहरुको पनि अस्तित्व हुँदैन । तर त्यही माया पनि सही तरिकाले गरिएन भने मायामा शंका उत्पन्न हुन्छ । यस्तै शंका र दोधार भएको छ गायक तथा संगीतकार ताराबीर पाण्डे र गायिका पबित्रा गुरुङ बिचको माया पनि । उनीहरुको मायामा दोधार हालै सार्वजनिक भएको छ । थप पढ्नुहोस्

गायक रोर्वट छिस्टेलको ‘यो मुटुमा सजाए तिमीलाई’ सार्वजनिक

काठमान्डौँ । गायक रोर्वट छिस्टेलको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘यो मुटुमा सजाए तिमीलाई ’ सार्वजनिक भएको छ । विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । गीतमा रोर्वट छिस्टेलका ले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक रोर्वट छिस्टेलका स्यमको रहेको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । अविनास विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा आशा खड्का र याम तमुको अभिनय रहेको छ । थप पढ्नुहोस्

कबिता बलामी र कमल बिष्टको मनका कुरा बजारमा

काठमाडौँ । तिमीलाई मनका कुरा भनु कसरी बोलको म्युजिक भिडियो गित सार्वजनिक भएको छ । कबिता बलामी र कमल बिष्ट को स्वरमा रहेको मनका कुरा बोल को गीत सार्वजनिक भएको हो । गीत मा शब्द पप्पु थापा मगर अनी संगीत कमल बिष्ट को रहेको छ । एस गीत लाई मेलोडी नेपालले बजारमा ल्याएको गित सन्ध्य म्युजिक युटुप च्यानेल मा हेर्न सकिने छ । भिडियो लाई प्रदिप लामा ग्लन ले निर्देशन् गरेका छन्। भिडियो मा सुबाश तिमल्सिना र निर्मला तमाङ ले अभिनय गरेका छन । भिडियो लाई केशव विश्वकर्मा ले छायाकन गरेका हुन भने मोहन सुनुवार ले सम्पादन गरेका हुन । थप पढ्नुहोस्

सारिका केसीको मनको कुनामा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले बास पाएका छन् । थापाले यस्तो बास वास्तविक रुपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् । शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । थप पढ्नुहोस्

अशोक दर्जीको पहिलो गीत नेपालमा मात्र होइन विदेशमा पनि नम्बर १

काठमाडौँ । अशोक दर्जीले गाएको पहिलो गीत ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ नेपालमा मात्र होइन विदेशमा पनि १ नम्बर ट्रेन्डिङमा आएको छ । कुनै पनि नेपाली गीत विदेशमा १ नम्बर ट्रेन्डिङमा आएको यो सम्भवत पहिलोपटक हो । उक्त गीतका संगीतकार तथा गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमका सिलसिलामा हाल कतार पुगेका छन् ।त्यहीँबाट उनले आफ्नो गीत १ नम्बर ट्रेन्डिङमा रहेको जानकारी दिएका छन् । यो गीत यूट्यूबमा रिलिज भएकै दिनदेखि नेपालमा १ नम्बर ट्रेन्डिङ ओगटिरहेको छ । लामो समय एक नम्बरमा रहने नेपाली गीतको रेकर्ड पनि यसले कायम गरिरहेको छ । थप पढ्नुहोस्

बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो मायाँ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको ‘आमा तिम्रो मायाँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मित्र के.सी.को शब्द तथा संगीत रहेको उक्त गीतलाई सन्दिप राईले संगीत संयोजन गरेका हुन् । मिना लामाको निर्देशन रहेको म्युजिक भिडियोमा दोर्जे डोल्मा गुरुङ, सुमिना तामाङ र मञ्जुश्री बाल गृहका बालबालिकाको अभिनय रहेको छ । एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोले यतिबेला दर्शक, स्रोताको मन जित्न सफल भएको । बाल गायिका स्वप्निल गुरुङले छाटो समयमा पाएको चर्चाले भविष्यमा गायन क्षेत्रमा उनको उच्च स्थान बन्ने विश्वास गर्न सकिन्छ । थप पढ्नुहोस्

विनिता अधिकारीको आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार ”

काठमाडौ । आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन । रेशम र्दलामीले छायांकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कपिल तिम्सिना , अमृता भटट्, विनिता अधिकारी ले अभिनय गरेका छन् । थप पढ्नुहोस्
1 2 3 4