बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमको तयारी

२४ चैत, काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा रुपन्देहीको बुटवल र नवलपरासीको बर्दघाटमा ‘नयाँवर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ हुने भएको छ । इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट—१ माकर मोतीबस्ती (नवलपरासी) मा ‘नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डब स्टर माइकल डान्सर, बुटवलका डिजे अतितको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिए । थप पढ्नुहोस्

तेस्रोलिङ्गी आनिक राना मगरलाई नइ पुरस्कार

२२ चैत, काठमाडौं । गीतकार विश्व वल्लभलाई ‘नइ कोेइलीदेवी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका क्षेत्रमा कार्यरत तेस्रोलिङ्गी आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । साथै सरोद बाजाको प्रवद्र्धन सम्वर्धन र संरमा क्रियाशील प्रथम नारी सरोद वादक रुपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ दिइने भएको छ । तीनैैै पुरस्कारको राशि जनही रु ५० हजार रहेका छ । थप पढ्नुहोस्

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गीत प्रतियोगिता गर्ने

२२ चैत, काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पाँचौँ पूर्ण बैठकले ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ विषयमा केन्द्रित राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता–२०७५’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा सांसद डा विजय सुब्बाको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय, गौशालामा मङ्गलबार बसेको बैठकले स्रष्टालाई राष्ट्रिय गीतका लागि आह्वान गरी १० उत्कृष्ट गीत छनोट गरी सङ्गीतबद्ध गरेर सार्वजनिक गर्ने निर्णय गरेको छ । उत्कृष्ट गीतका स्रष्टालाई जनही रु पाँच हजारका साथ सम्मान गरिने बताइएको छ । थप पढ्नुहोस्

सांस्कृतिक संस्थानको आयोजनामा नेपाली–जापानी लोकधुन प्रस्तुत, आगामी फगुनमा खुला राष्ट्रिय लोक भजन प्रतियोगिता हुने

२९ पुस, काडमाडौं । नेपाल र जापानका कलाकारले चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेकाक छन् । सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् । लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिएका थिए । थप पढ्नुहोस्

गन्धर्वका बेदना भरिएका गीत लोपहुने अवस्थामा

२४ पुस, काठमाडौं । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । थप पढ्नुहोस्

झलक बिबशको “सान्नानी ” डिजिटल बजारमा

१२ पौष, काठमाडौं । नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ । झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याएका छन् । “सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । थप पढ्नुहोस्

नारायणगोपालको २७ औँ स्मृति दिवस

१९ मंसिर, काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । थप पढ्नुहोस्

परदेशी युवाको बास्तविक पिडा

१९ मंसिर, काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो । नेपाली गीत संगीतको उत्पादनसँगै नयाँ नयाँ प्रतिभाहरुलाई स्थान दिँदै आएको पुर्वेली जुनतारा म्युजिक प्रा.लि.ले यो गित बजारमा ल्याएको हो । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेक हुन् भने प्रियजन राईले संगीत गरेका छन् । थप पढ्नुहोस्

मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

१६ मंसिर, काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ । चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् । थप पढ्नुहोस्

हिमाल सागरको ’झुपडीको घर २‘ बजारमा

११ असोज, काठमाडौं । नेपालीको सबै भन्दा ठूलो चाड वडा दशैंको अवसर पारेर गायक तथा संगितकार हिमाल सागरले झुपडीको घरमा २‘ बजारमा ल्याएका छन् । हिमाल सागर ‘हिङमाङ‘ आफैंले लया तथा शब्द रचना गरेका हुन् । उक्त गीतमा गायिका पार्वती कार्कीले पनि स्वर दिएकी छिन् । के.बी. भण्डारीले एरेञ्ज गरेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा राज सुन्दास, कञ्चन सुन्दास, नारायण सावित र सुप्रिया सुवेदीको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन समेत हिमाल सागर हिङमाङ स्वयमले गरेका छन् । थप पढ्नुहोस्
1 9 10 11 12 13