जन्मभुमि प्रति समर्पित “ घर त मेरो रामेछाप जिल्ला ” लोक गीत बजारमा

विराटनगर । जन्मभुमि प्रति समर्पित भएर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राम कुमार कार्कीको लोकदोहोरी गित “घर त मेरो रामेछाप जिल्ला” बजारमा सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी गायिका पार्वती कार्कि र गायक राम कुमार कार्कि लोक गीत “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको हो ।रामेछाप जिल्लाको वर्णन गदैँ आफनी प्रेमीकालाई माया लगाउन चाहेको कुरा गायकले गायिकालाई भनेका छन । कुमार कार्किको शब्द सिर्जना भित्र राम कुमार पौडेलले संगीत भएका छन भने सो सन्देश मुलक गीतलाई राजेश सोनीले एरेन्ज गरेका छन । थप पढ्नुहोस्

गायिका विसी र गुरुङको नयाँ लोक दोहोरी गित “मेरो संसार उज्यालो ” बजारमा

काठमाडौ । मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा मेरो संसार उज्यालो लोक दोहोरी गित बजारमा आएको छ । देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” भर्खरै बजारमा आएको छ । मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको शब्दहरु गितमा निकै मार्मिक रुपमा समेटिएका छन् । थप पढ्नुहोस्

बिमल पराजुलीको (Alpha Beta Sigma Pai ) बजारमा

काठमाडौ । अल्फा बेटा सिङ्गमा पाई (Alpha Beta Sigma Pai ) को प्रयोग गर्दै नेपाली सङितिक बजारमा नयाँ गीत आएको छ। कालीको लाली कालीको जोवन साचेको हो कसलाई बिमल पराजुलीको संगीतमा रहेको यस गीतमा शब्द सुन्दर लायालुको रहेको छ र स्वर  बिमल पराजुली को नै रहेको छ भने गायिका अस्मिता अधिकारी ले उनलाई साथ दिएकि छिन् । युग र फिरिरी एल्बम मार्फत नेपाली बजारमा आफ्नो छुट्टै स्थान बनायेका बिमल पराजुली यस गीतले पनि नेपाली सङीतिक बजार मा छुट्टै स्थान पाउने कुरामा आशाबादी रहेको बताए । थप पढ्नुहोस्

पूर्वाञ्चलमै पहिलोपटक ७ लाख लागतमा ज्याम हल सञ्चालन

काँकडभिट्टा । पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा पूर्वाञ्चलमै मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।सङ्गीत क्षेत्रमा रुची भएका व्यक्तिहरुलाई ध्यानमा राखेर मेचीनगर–६ स्थित काँकडभिट्टामा हल सञ्चालनमा ल्याइएको हो । हलमा सङ्गीतमा रुची भएका व्यक्ति तथा समूहले सङ्गीतको अभ्यास गर्न पाउनेछन् । यस वापत प्रतिघण्टा ४ सय रुपैयाँ शुल्क तिर्नु पर्ने हलका सञ्चालक अर्जुन दाहालले बताए । सञ्चालक दाहालले पूर्वाञ्चलमा साङ्गीतिक क्षेत्रमा काम गर्ने धेरै भए पनि अहिलेसम्म हल नहुँदा समस्या भइरहेको बताए । थप पढ्नुहोस्

चल्न थाल्यो “फास्ट–फास्ट” (कल्पना) डान्सिङ गित सार्वजनिक

काठमाडौं । पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ । थप पढ्नुहोस्

गीतकार किरण पौडेलको शुभकामना प्रदेशबासीलाई गीत सार्वजनिक

काठमाडौ,२५ बैशाख । भावना म्यूजिक द्धारा गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशी लाई बोलको गीत सार्वजनिक भएको छ । यस गितमा पहिलो नेपाल तारा दिपक लिम्वु र दोश्रो नेपाल तारा सन्तोष लामाले पहिलो पटक एउटै गीतमा स्वर दिएका छन । साथै लिम्बु र लामा लाई निशा देशार, निरा रानाभाट तथा शोभा पाण्डेले पनि स्वरमा स्वर दिएका छन । ए वान म्यूजिसियन स्टुडियोमा रेकडिङ्ग भएको यस गितका एरेन्जर आमोश तामाङ्ग र रेकडिस्ट राजेश श्रेष्ठ रहेका छन् । गीतकार पौडेल र सङ्गीतकार गैरे शशस्त्र प्रहरी बलका वरिस्ठ प्रहरी अधिकृत हुन । थप पढ्नुहोस्

बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमको तयारी

२४ चैत, काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा रुपन्देहीको बुटवल र नवलपरासीको बर्दघाटमा ‘नयाँवर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ हुने भएको छ । इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट—१ माकर मोतीबस्ती (नवलपरासी) मा ‘नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डब स्टर माइकल डान्सर, बुटवलका डिजे अतितको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिए । थप पढ्नुहोस्

तेस्रोलिङ्गी आनिक राना मगरलाई नइ पुरस्कार

२२ चैत, काठमाडौं । गीतकार विश्व वल्लभलाई ‘नइ कोेइलीदेवी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका क्षेत्रमा कार्यरत तेस्रोलिङ्गी आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । साथै सरोद बाजाको प्रवद्र्धन सम्वर्धन र संरमा क्रियाशील प्रथम नारी सरोद वादक रुपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ दिइने भएको छ । तीनैैै पुरस्कारको राशि जनही रु ५० हजार रहेका छ । थप पढ्नुहोस्

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गीत प्रतियोगिता गर्ने

२२ चैत, काठमाडौं । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पाँचौँ पूर्ण बैठकले ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ विषयमा केन्द्रित राष्ट्रव्यापी ‘राष्ट्रिय गीत प्रतियोगिता–२०७५’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष तथा सांसद डा विजय सुब्बाको अध्यक्षतामा प्रतिष्ठानको केन्द्रीय कार्यालय, गौशालामा मङ्गलबार बसेको बैठकले स्रष्टालाई राष्ट्रिय गीतका लागि आह्वान गरी १० उत्कृष्ट गीत छनोट गरी सङ्गीतबद्ध गरेर सार्वजनिक गर्ने निर्णय गरेको छ । उत्कृष्ट गीतका स्रष्टालाई जनही रु पाँच हजारका साथ सम्मान गरिने बताइएको छ । थप पढ्नुहोस्

सांस्कृतिक संस्थानको आयोजनामा नेपाली–जापानी लोकधुन प्रस्तुत, आगामी फगुनमा खुला राष्ट्रिय लोक भजन प्रतियोगिता हुने

२९ पुस, काडमाडौं । नेपाल र जापानका कलाकारले चौतारी साँझ–२०७४’ कार्यक्रममा नेपाली र जापानी गरी १४ लोकधुन प्रस्तुत गरेकाक छन् । सांस्कृतिक संस्थानको आयोजनामा भएको कार्यक्रममा लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाका माध्यमबाट नेपाली गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील चौतारी ब्याण्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले लोकधुन प्रस्तुति दिएका हुन् । लामाद्वयले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ शीर्षकमा प्रस्तुति दिँदा मित्सिगुले गीतारमा साथ दिएका थिए । थप पढ्नुहोस्
1 2 3 4