गन्धर्वका बेदना भरिएका गीत लोपहुने अवस्थामा

२४ पुस, काठमाडौं । कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व) गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । थप पढ्नुहोस्

झलक बिबशको “सान्नानी ” डिजिटल बजारमा

१२ पौष, काठमाडौं । नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको “सान्नानी ” बोलको गित सार्वजनिक भएको छ । नेपाली पप गीत सान्नानीले यतिबेला चर्चा कमाउन सफल भएको छ । झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याएका हुन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम बजारमा ल्याएका छन् । “सान्नानि ” एल्बममा चार गीत समाबेश गरिएको छ । थप पढ्नुहोस्

नारायणगोपालको २७ औँ स्मृति दिवस

१९ मंसिर, काठमाडौं । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पु¥याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । थप पढ्नुहोस्

परदेशी युवाको बास्तविक पिडा

१९ मंसिर, काठमाडौं । देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीत परदेशीको बिलौना सार्वजनिक भएको छ । गायक तथा संगीतकार प्रियजन राई र गायिका तथा मोडल ऋतु कोईरालाको स्वरमा सजिएको पुर्वेली लोकभाकामा रहेको उक्त गीत सार्वजनिक भएको हो । नेपाली गीत संगीतको उत्पादनसँगै नयाँ नयाँ प्रतिभाहरुलाई स्थान दिँदै आएको पुर्वेली जुनतारा म्युजिक प्रा.लि.ले यो गित बजारमा ल्याएको हो । यही कम्पनीबाट सार्वजनिक भएको परदेशीको बिलौना बोलको उक्त गीतको शब्द नर बहादुर राई र देव झिंगु पुलामी मगरले लेखेक हुन् भने प्रियजन राईले संगीत गरेका छन् । थप पढ्नुहोस्

मनोरञ्जन क्षेत्रका बालिका र किशोरी जोखिममा

१६ मंसिर, काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा धेरै मानिसको आवतजावत हुने बजार, चोक, डान्सबार, डान्स रेस्टुरेन्ट, मसाजजस्ता मनोरञ्जन क्षेत्रका व्यवसायमा कार्यरत बालिका तथा श्रमजीवी महिला जोखिममा रहेको पाइएको छ । चेञ्ज नेपाल नामक सामाजिक संस्थाले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिको समन्वय र सहकार्यमा हालै भएको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँका केही खाजाघरमा अधिकांश किशोरी १८ वर्षभन्दा मुनि र शोषणमा पर्ने परेको पाइएका हुन् । थप पढ्नुहोस्

हिमाल सागरको ’झुपडीको घर २‘ बजारमा

११ असोज, काठमाडौं । नेपालीको सबै भन्दा ठूलो चाड वडा दशैंको अवसर पारेर गायक तथा संगितकार हिमाल सागरले झुपडीको घरमा २‘ बजारमा ल्याएका छन् । हिमाल सागर ‘हिङमाङ‘ आफैंले लया तथा शब्द रचना गरेका हुन् । उक्त गीतमा गायिका पार्वती कार्कीले पनि स्वर दिएकी छिन् । के.बी. भण्डारीले एरेञ्ज गरेको उक्त गीतको भिडियो समेत सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा राज सुन्दास, कञ्चन सुन्दास, नारायण सावित र सुप्रिया सुवेदीको अभिनय रहेको छ । भिडियोको छायाँकन, सम्पादन र निर्देशन समेत हिमाल सागर हिङमाङ स्वयमले गरेका छन् । थप पढ्नुहोस्

चर्चित नौ जना गायकको स्वरले भरिएको ‘उकाली ओराली’ गीति एल्बम बजारमा

  ६ असोज, काठमाडौं । गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्यलगायत नौजनाले स्वर दिएको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतको सम्मिश्रण पाइन्छ । समाजसेवी चम्पा श्रेष्ठले निर्माण गरेको एल्बममा सातवटा गीत संग्रह गरिएको छ भने संगीतकार दीपक शर्माले सबै गीतमा धुन भरेका छन् । बिहीबार आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले एल्बमको विमोचन गर्दै मुलुकमा आर्थिक रुपान्तरण गरी समाजलाई अग्रगतितर्फ उन्मुख गराउन अब स्रष्टाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

गौरा गीतको मौलिकता हराउँदै

११ भदौ, काठमाडौं । सुदूरपश्चिमको महान् पर्व गौराका परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । गौरा पर्वमा गाइने गीतमा आधुनिकता थपिँदै जान थालेपछि मौलिकता हराउँदै जान थालेको हो । नयाँ पुस्ताका युवाले पुरानो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने चेतनाको अभावमा पुराना गीतलाई छाड्दै पश्चिमा संस्कृतिका गीतको मिश्रण गरेर आधुनिकतालाई प्रश्रय दिन थालेपछि गीतको मौलिकतामा आधुनिकता देखिन थालेको छ । थप पढ्नुहोस्

मौलिक नेपाली संस्कृति ‘बालन’ लोप हुँदै, कस्तो होला त ४२७ चरणमा सकिने नाच !

गोपालप्रसाद पोखरेल २० साउन, मोरङ । झण्डै एक दशकअघि सम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ राजघाटका पशुपति भट्टराई हिजोआज ‘बालन’ नाचको संस्कृति हराउँदै गएको बताउँछन् । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच ओझेलमा परेको उनले बताए । बालन नाँच्ने मानिसको समेत अभाव खड्किएको उनको भनाइ छ । संस्कृति संवद्र्धन गर्ने युवा नै विदेशिएका छन् । उनले भने, “यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् । बालन नाचका पारखी भट्टराई नाच्न पनि उत्तिकै सिपालु छन् । थप पढ्नुहोस्
1 2 3 4