रामहरी जोशीको प्रतिकात्मक प्रश्न लोकापर्ण

काठमाडौं । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक बिशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका छन् । लोकापर्ण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताए । राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विबाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको उनले बताए । थप पढ्नुहोस्

आदिकवि भानुभक्तको २ सय ५ औं जन्मजयन्ती आज, देशभर विभिन्न कार्यक्रम

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।भानु जयन्तीको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठानका अध्यक्ष डा.व्रतराज आचार्यका अनुसार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । वि।सं। १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिएका थिए । थप पढ्नुहोस्

मदन पुरस्कार मनोनयनमा मोहन वैद्य

काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्षको पुरस्कारका निम्ति अन्तिम सूची सार्वजनिक गरेको छ। सोमबार गरिएको आठ वटा पुस्तकको सिफारिसमा माओवादी नेता मोहन वैद्य ‘किरण’को पुस्तकसमेत समाविष्ट छ। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यस वर्ष पुरस्कारका निम्ति ‘कैरन’ 'ध्रुवसत्य परियार', ‘नथिया’ 'सरस्वती प्रतीक्षा', ‘पाठशाला’ 'तीर्थ गुरुङ', ‘भुइँया’ 'यज्ञस', ‘यार’ 'नयनराज पाण्डे', ‘योगमाया’ 'निलम कार्की ‘निहारिका’', ‘लिम्बुनी गाउँ’ 'राज माङलाक' र ‘हिमाली दर्शन’ 'मोहन वैद्य ‘किरण’ परेका छन् । थप पढ्नुहोस्

कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौं । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ 'कथा सङ्ग्रह' लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भनेका छन् । सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना दिएका छन् । थप पढ्नुहोस्

बालकथा ‘जुँगेझाँक्रीको भूत’ विमोचन

मलेखु । पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको  कार्यक्रममा विमोचन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले कथाको विमोचन गर्दै बालबालिकालाई कथाको माध्यमबाट नैतिक कुरा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।। बालबालिकालाई नैतिक शिक्षा दिने तथा मेलमिलाप, सामाजिक उत्तरदायित्वसँग सम्बन्धित नौवटा कथा संग्रहमा समेटिएको छ । थप पढ्नुहोस्

विश्वको सर्बोच्च शिखर सगरमाथामा १०० % लाईफ बिमोचन

विजय थापा काठमाडौं । विश्व कै सम्राट राज्य अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक  १००% लाईफ अर्थात् सत प्रतिसत जीवन विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन भएको छ । उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् । गत मे १८ शुक्रबार बिहान ८ बजे ख्याति प्राप्त अन्तराष्ट्रीय हिमाल मार्गदर्शी आङ दावा शेर्पा ले ६ पटक बिश्वको सर्बोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके साथै थपलिया को चर्चित कृती सत प्रतिसत जीवनलाई सगरमाथामा बिमोचन गरियो । थप पढ्नुहोस्

शर्मा र पराजुलीलाई ‘शमी साहित्य साधना’ सम्मान

२१ भदौ, काठमाडौं । शमी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको रु एक लाख १०१ राशिको ‘शमी साहित्य साधना’ सम्मान यस वर्ष संयुक्तरुपमा प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ । प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सनले पुरस्कार सञ्चालन गर्दै आएको थियो । थप पढ्नुहोस्

शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवका अवसरमा नौवटा पुस्तक विमोचन

१० भदौ, काठमाडौं । साहित्यकार ठाकुर शर्मा भण्डारी, नारायण कैलाश सिग्देल, मोहन चापागाईँ, रामकुमार पण्डित क्षेत्री, डा विश्वदीप अधिकारी, डा शिव गौतम तथा विनयकुमार शर्माका नौवटा पुस्तकको आज विमोचन भएको छ । शब्दार्थ प्रकाशनको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्यकार प्रदीप नेपाल र वसन्तकुमार शम्र्मा नेपालले विमोचन गरेका हुन् । विमोजित पुस्तकमा ‘शब्दार्थ सोपान’, ‘नयाँ बाटो’, ‘सत्यसलाम’, ‘मन्दिर र माओ’, ‘आकाश मैथुन’, ‘बाख्राको पाठो’, ‘बाटो हेराइने बाटोहरु’, ‘मार्ग दीप’ तथा ‘परावर्तन’ रहेका छन् । थप पढ्नुहोस्

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

९ भदौ, काठमाडौं । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । थप पढ्नुहोस्

‘यात्राः आफ्नै आँगनको’ काव्य कृति बजारमा

१ भदौ, काठमाडौं । राजनीतिज्ञ चन्द्रदेव जोशीले रचना गरेको ‘यात्राः आफ्नै आँगनको’ नामक काव्य कृति बजारमा आएको छ । कृतिमा मेरो बाटो, नयाँ झिल्को : आशाको, एउटा बस्ती : गाउँको, इतिहासको बाटो, काठमाडौँ खाल्डोलगायत शीर्षकमा भाव समेटिएको छ । बुधबार आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले उक्त कृतिको लोकार्पण गर्दै अन्धकार युगमा रहेका जनतालाई ज्ञानको चेतनाले उज्यालोतर्फ लैजान पुस्तक उपयोगी रहेको बताए । थप पढ्नुहोस्
1 2