नेप्सेले थाल्यो राष्ट्र बैंकबाट स्वीकृति लिने तयारी

काठमाडौं। मार्जिन ट्रेडिङको कारोबार सुरु हुन थप समय लाग्ने भएपछि नेप्सेले राष्ट्र बैंकबाट स्वीकृति लिने तयारी गरेको छ । मार्जिन ट्रेडिङको कारोबार सुरु गर्न नेपाल राष्ट्र बैकको स्वीकृति लिनुपर्ने प्रावधान अनुसार नेपाल स्टक एक्सचेन्जले कारोबार सुरु गर्नुअघि राष्ट्र बैंकसँग स्वीकृति लिने जनाएको छ। नेपाल धितोपत्र वोर्डले गत जेठ चार गते मार्जिन ट्रेडिङको कार्यविधि पास गरेको थियो । थप पढ्नुहोस्

निरन्तर ओरालो लागेको शेयर बजार चार अंकले घट्यो

काठमाडौँ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३ कित्ता शेयर रु ५३ करोड ८६ लाख नौ हजार ३८९ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ । होटल २.९३, उत्पादन ५.८५ र माइक्रोफाइनान्स समूहको शेयर ५.७५ बिन्दुले बढेको छ । थप पढ्नुहोस्

आइएमइबाट बिमित परिवारलाई रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगारमा जादा बीमा गराइ गएकाका आफन्तलाई रकम उपलब्ध गराइएको छ । (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (UAE) मा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले उक्त रकम उनका आफनतलाई हस्तान्तरण गरिएको हो । थप पढ्नुहोस्

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापना : नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौँ । राष्ट्रको पुर्वाधार विकास गर्नका लागि अहमभुमिका तथा योगदान पु¥याउने लक्ष्य सहित नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पुर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी सैद्धान्तिक सहमति एवम् सिफारिश समितिका पदाधिकारीहरु लगायत बैंकमा संचालक समितिकोे समुपस्थितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले जेष्ठ ६ गते आइतबारका दिन एक समरोह बिच नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाको लागि सैद्धान्तिक सहमतिपत्र प्रदान भएको छ । थप पढ्नुहोस्

विदेशी मुद्राको मूल्य बढ्यो, यस्तो छ आइतबारको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८० पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५४ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४७ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५९ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ६१ रुपैयाँ १९ पैसा रहेको छ । थप पढ्नुहोस्

धितोपत्र बोर्ड नेप्सेको कारोवार निर्देशन २०७४ जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोवार सम्वन्धी कार्यविधि पास गरे सँगै सेयर लगानीकर्तालाई ब्रोकर कम्पनीबाट ऋण पाउने बाटो खुला भएको छ । धितोपत्र बोर्डले नेप्सेले तयार पारेको कार्यविधिलाई शुक्रबार पास गरेको छ । यसअघि बोर्डल गत वर्षको कात्तिकमा मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ जारी गरेको थियो । र, यही वमोजिम नेपाल स्टक एक्सचेञ्जलाई मार्जिन कारोवार सुविधा सम्वन्धी कार्यविधि वनाउन भनेको थियो । नेप्सले तयार पारेको कार्यविधिलाई बोर्डले शुक्रबार पारित गरेको हो । दक्षिण एसियाका कतिपय मुलुकहरुमा यसअघि नै कार्यान्वयनमा आएको थियो । थप पढ्नुहोस्

जेठबाटै अनलाइन प्रणालीमा कारोबार गर्ने नेप्सेको तयारी

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीबाट कारोबार गर्नका लागि सफ्टवेयर प्रणालीको काम अन्तिम चरणमा पुर्याएको छ। सफ्टवेयर निर्माण सकिएसँगै नेप्सेले हालको सफ्टवेयरमा भएको डाटा माइग्रेटुको काम गरिरहेको छ। नयाँ सफ्टवेयरमा डाटा माइग्रेट पूरा भएसँगै टेस्ट कारोबार सुरु गर्ने तयारी गरेको छ। डाटा माइग्रेटको क्रममा कुनै पनि समस्या नदेखिएमा नेप्सेले टेस्ट कारोबार सुरु गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। अनलाइन प्रणालीको विकास भएसँगै नेप्सेले सुरुका केही समय अहिले भैरहेको कारोबार प्रणालीलार्इ पनि निरन्तरता दिने तयारी गरेको छ । थप पढ्नुहोस्

एन आई सी एशियाको कृषि तथा पर्यटन योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ ।बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ । थप पढ्नुहोस्

नौ महिनामा देशको व्यापार घाटा ८ अर्ब

काठमाडौँ । नौ महिनामा देशको व्यापार घाटा ८ अर्ब १६ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि चैतसम्म ८ खर्ब १६ अर्बको बस्तु व्यापार घाटा देखिएको छ। यो घाटा अघिल्लो वर्षको यस अवधिको तुलनामा २१. ७ प्रतिशतले बढी हो। नौ महिनासम्म ५९ अर्ब ७४ करोड रुपैयाँको कुल बस्तु निर्यात भएको छ भने ८ खर्ब ७६ अर्ब २९ करोडको आयात भएको छ। निर्यात गत वर्षको यस अवधिको तुलनामा ८.२ प्रतिशतले बढ्दा आयात २०.६ प्रतिशतले बढेको छ। भारतबाट हुने आयात २१.९ तथा चीनबाट हुने आयात २२. ८ प्रतिशतले बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । थप पढ्नुहोस्

शुक्रबारको विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८१ पैसा र विक्रिदर २८ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र विक्रिदर २९ रुपैयाँ ८३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र विक्रिदर २७ रुपैयाँ ३७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र विक्रिदर १० रुपैयाँ ०४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७५ पैसा रहेको छ । थप पढ्नुहोस्
1 2 3 18