बाणिज्य बैंकहरुमा निक्षेप बढ्न थाल्यो, सातामै २१ अर्ब रुपैयाँ बृद्धि

काठमाडौं। अघिल्लो साताबाट ब्रेक लागेको निक्षेप बृद्धि यो साता भने ह्वात्तै बढेको छ। एक सातामै निक्षेप २१ अर्ब रुपैयाँले बढेर २३ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बृद्धिको अनुपातमा बैंकहरुले ऋण लगानी कम गरेका छन्। सञ्चालनमा रहेका २८ बाणिज्य बैंकको सातामा जम्मा ६ अर्ब रुपैयाँ मात्र ऋण विस्तार भएको छ। कुल अण २० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। सरकारले विकास खर्च बढाउन थालेपछि प्रणालीमा निक्षेप बढ्न थालेको हो। चालु बर्ष मात्र निक्षेप २ खर्ब ७० अर्ब रुपैयाँ बढेको छ। ऋण लगानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ । थप पढ्नुहोस्

महालक्ष्मीको तर्फबाट शोक सन्तप्त परिवारलाई ७ लाख सहयोग

काठमाडौं ।  महालक्ष्मी विकास बैंक लि. को शाखा कार्यालय, तुलसीपुरमा कार्यरत किसोर कुमार बडु को २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएकोमा दुःख व्यक्त बैंकले दीवाङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट व्यक्त गरेको छ । साथै बैंकले बैशाख ३० गते बैतडी शाखामा आयोजना गरेको एक कार्यक्रमका बीच शोक सन्तप्त परिवारलाई ७ लाख सहयोग गरेको छ । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार सहयोग गरेका छन् । थप पढ्नुहोस्

महालक्ष्मी विकास बैंकको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले साँफेबगर नगरपालिका वडा नं ४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल बनाउन बैंकका शाखा प्रबन्धक लक्ष्मण बहादुर साउद र बयलपाटा अस्पतालका डा. विकाश गौचन सहित पाँच सदस्यहरुको उल्लेख्य भूमिका रहेको थियो । शिविरमा साँफेबगर नगरपालिकाका १४७ जना निशुल्क उपचार गराएका थिए । थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको थप २ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग सेवा विस्तार गरेको छ । जेठ १५ गते मंगलबार देखि लमजुङ्ग जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सम्पूर्ण दिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि स्थानिय छत्र बहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । थप पढ्नुहोस्

एनएमबि बैंक ‘साउथ एशिया’ अवार्डबाट सम्मान

काठमाडौं । एनएमबि बैंकले ‘बेस्ट इस्युइङ बैंक पार्टनर इन फ्रजाइल कन्टीज २०१७ साउथ एशिया’ अवार्डबाट सम्मानित भएको छ ।नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो । ग्लोबल टेड्र फाइनान्स प्रोगाम २०१७ मा बैकले गरेको सहकार्यका लागि रिजनल फाइनान्स इन्स्टिच्युसन गु्रप आइएफसीका प्रमुख एशिया एण्ड प्यासिफिक मिस्टर भिट्टिरियो डी बिल्लोले एनएमबि बैंकका सिइओ सुनिल केसीलाई सो अवार्ड प्रदान गरेका हुन् । थप पढ्नुहोस्

आइएमई र ॐ हस्पिटल बिच सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक  पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक  बाबु काजी कार्कीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ । थप पढ्नुहोस्

प्रविधिको ज्ञान बढाउन ग्लोबल आइएमई बैंकद्धारा १० थान कम्प्यूटर सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका – २ को भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ को घटाल माध्यमिक विद्यालयलाई ५ र ५ थान कम्प्युटर वितरण गरेको छ । डडेलधुरा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले बिहीवार बैंककी सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा र डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले विद्यालयमा कम्प्युटर वितरण गरेका हुन् । शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरूमा प्रविधिको ज्ञान बढोस् भन्ने उद्देश्यले ती कम्प्युटर वितरण गरिएको कम्पनीले जनाएको छ । थप पढ्नुहोस्

स्थानीय तहमा नबिल बैंकको थप ५ नयाँ शाखा विस्तार

काठमाडौं ।  स्थानीय तहमा नबिल बैंकले भर्खरै आफ्नो ५ वटा थप नयाँ शाखाहरु विस्तार गरेको छ । नबिल बैंकले सम्मरीमाई गाउँपालिका, रुपन्देही वडा नं. ८ तिला गाउँपालिका, जुम्ला वडा नं. १ बराहताल गाउँपालिका, सुर्खेत वडा नं. ५ वित्थडचिर गाउँपालिका, बझाङ्ग वडा नं. ४ तथा आलिताल गाउँपालिका, डढेलधुरा वडा नं. ८ गरि पाँच वटा थप नयाँ शाखाहरुमा बैकिङ्ग कारोबार सुरु गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्वन गरेको निति, कम्तिमा एक स्थानीय तहमा एउटा बाणिज्य बैंकको शाखा, होस भन्ने भावनाले ती ठाउमा बैंकले ग्राहक सुविधा उपलब्धताको लागि शाखा संचालनमा ल्याएको हो । थप पढ्नुहोस्

सिद्धार्थ बैंकको थप ४ नयाँ शाखा विस्तार

काठमाडौँ  । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले झापाको गौरादह र पथरी , कैलालीको लम्की र जुम्ला चन्दननाथ नगरपालिकाको जुम्ला शाखा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । थप पढ्नुहोस्
1 2 3 4