रिलायन्स लाइफ इन्स्योरेन्सको थप ५ शाखा विस्तार

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको थप पाँच नयां शाखा एकै चोटी विस्तार भएको छ । काठमाडौँको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपा गरी ५ वटा शाखाको उद्घाटन सम्पन्न गरेको छ । थप पढ्नुहोस्

विश्वसनीय सूचना प्रवाह गराउन ‘नेप्से’लाई निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज 'नेप्से'लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो । दोस्रो बजारका परिसूचकहरूको गणना तथा सार्वजनिक गर्नुपर्ने सूचनाको प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको बोर्डले जनाएको छ । थप पढ्नुहोस्

साताको पहिलो दिन विदेशी कोरियन वनको मूल्य बढ्यो

काठमाडौं । आइतबार रियाल, दिर्हाम र दिनारको मूल्य बढेको छैन । मलेसियन रिंगिट र कोरियन वन भने आइतबार केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । थप पढ्नुहोस्

ज्ञानेन्द्र मल्ल सिटिजन्स बैंकको ब्रान्ड एम्वासडरमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप–कप्तान ज्ञानेन्द्र मल्ल सिटिजन्स बैंकको ब्रान्ड एम्वासडर नियुक्त भएको छ । सिटिजन्स बैंकले शुक्रबार उप–कप्तान ज्ञानेन्द्रलाई १ वर्षको लागि ब्राण्ड एम्वासडर नियुक्त गरेको हो । ब्रान्ड एम्वासडरबापतको रकम भने खुलाईएको छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजन सिंह भण्डारीले ज्ञानेन्द्रलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै बैंको ब्रान्ड एम्वास भएको घोषणा गरे । बैंकका सहायक सीईओ बोध राज देवकोटाले ब्राण्ड एम्बेसडर बन्न स्वीकार गरेकोमा ज्ञानेन्द्रलाई धन्यवाद दिए । थप पढ्नुहोस्

शुक्रबार विदेशी विनीमयदरमा मूल्य केही बढ्यो

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार रियाल दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्य केही पैसाले बढेको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । थप पढ्नुहोस्

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर भएको छ । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्रिदर १ सय १२ रुपैया ५५ पैसा तोकेसंगै नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो । यसअघि १ अमेरिकी डलरको नेपाली मुद्रा १ सय १० रुपैयाँको हाराहारीमा मात्र पुगेको थियो । भारतीय मुद्रासँगको स्थिर विनिमय दरको प्रभाव नेपाली मुद्रामा पनि परेको अर्थशास्त्रीहरुले बताएका छन् । भारतीय मुद्रा कमजोर भएका कारण नेपाली मुद्राको मूल्य पनि कमजोर हुन पुगेको हो । थप पढ्नुहोस्

ग्लोबल आईएमई र आइएमई लाइफ इन्सुरेन्सबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र आइएमई लाइफ इन्सुरेन्स कम्पनीबीच बिहीबार ब्यान्कासोरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमई लाइफ इन्सुरेन्स कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरे । थप पढ्नुहोस्

बिहीबारको विदेशी विनिमयदर ‘हेर्नुस’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार पनि बुधबार जस्तै साउदी र कतारी रियालको मूल्य उस्तै भएको बताएको छ । कोरियन वनको सटही दर भने बुधबारको तुलनामा केही पैसा तलमाथि भएको छ । बैंकले तोके अनुसार आज विदेशी विनिमय दर एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । थप पढ्नुहोस्

कुमारी बैंक र ज्योतिविकास बैंक लिमिटेडबीच रेमिटेन्स सम्झौतां

काठमाडौं । कुमारी बैंक लि. र ज्योति विकास बैंक लि. बिच साउनको अन्तिम साता अथात मंगलबार रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारी र ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गरे । कुमारी बैंक को रेमिटेन्स सेवा “कुमारी रेमिट” ज्योतिविकास बैँकका ६० शाखाबाट र ज्योतिविकास बैँकले हालै संचालनमाल्याएको “ज्योति रेमिट” सेवाकुमारी बैंकका ८र्४ शाखाकार्यालयहरुबाट प्राप्तगर्न सकिने भएको छ । थप पढ्नुहोस्

वाणिज्य बैंकको ऋण लगानी शून्य

नवलपरासी । गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन । द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ नयाँ शाखाको रुपमा त्रिवेणीमा पुनःस्थापना भएको थियो । यद्यपि नयाँ शाखाको रुपमा त्रिवेणीमा स्थापना भएदेखि हालसम्म ऋण लगानी शून्य रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाका प्रबन्धक केशवकान्त पौडेलले जानकारी दिए । थप पढ्नुहोस्
1 2 3 27