१ सय ७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

७ वैशाख, काठमाडौं । तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । थप पढ्नुहोस्

सहकारी क्षेत्रमा योगदान गरेवापत दुई सहकारी र दुई व्यक्ति पुरस्कृत, समृद्ध अर्थतन्त्र निर्माणमा सहयोगी

२० चैत, काठमाडौं । मन्त्रालयले यस वर्षको सहकारी पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था झापा र जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीलाई प्रदान गरेको छ । मन्त्रालयले महारानीझोडा सहकारीका अध्यक्ष मीनाकुमारी ढकाल र जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेललाई रु एक लाख ५० हजार नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो । थप पढ्नुहोस्

६१औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

२० चैत, काठमाडौं । जिल्ला सहकारी संघको आयोजनामा धादिङबेँसी बजारमा आज बिहान प्रभातफेरी गरी ६१औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघका उपाध्यक्ष गंगादत्त तिमिल्सिना र नीलकण्ठ नगरपालिकाका प्रमुख मनराज भण्डारीले निम्न आय भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउन र स्वावलम्बी भई जीविकोपार्जन गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र स्थानीय तहको जिम्मामा सहकारी संस्था आइसकेपछि सवलीकरण गरी उत्पादनमुखी कार्यमा लाग्न अभिप्रेरित गर्ने बताए । थप पढ्नुहोस्

डुम्रे दुग्ध उत्पादक सहकारीले दियो कृषकलाई यस्तो सुविधा

७ फागुन, काठमाडौं । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् । कृषकको आम्दानी उकास्न र उनीहरुलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले बताए । थप पढ्नुहोस्

पहिलेका मुखियाको बाटोमा अहिलेका सहकारी

२४ पुस, काठमाडौं । प्राचीनकालमा पूर्वजले मुष्ठदान (मुठी) दानबाट शुरु गरेको सहकारी अभियानले बृहत् आकार लिएसँगै विकृति पनि मौलाउँदै गएको छ । पूर्खाले भविष्यका लागि बचत गर्न आफ्ना सन्ततिलाई खरखाँचोमा बीउबिजनको जोहो, खाद्यान्नको बचत, अनिकालमा गर्जो टार्न मुठी बचत र अस्वस्थ हुँदा आवश्यक पर्ने जडीबुटीको संग्रहबाट नेपालमा सहकारी आन्दोलन शुरु भएको इतिहास छ । विधिवत्रुपमा २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी समितिका रुपमा नेपालको पहिलो सहकारी संस्था दर्ता भएको हो । त्यसपछि क्रमशः सहकारी संस्था खोल्ने होडबाजी नै चलेको पाइन्छ । थप पढ्नुहोस्

काभ्रेमा सहकारीले संचालनमा ल्यायो पहिलो एटिएम सेवा

२१ असोज, काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले एटिएम कार्ड संचालनमा ल्याएको छ । पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरे । सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे । थप पढ्नुहोस्

सात वटा युवा समूहलाई र्निब्याजी ऋण सहयोग

२६ भदौ, काठमाडौंं। जिल्ला युवा समिति रुपन्देहीले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत जिल्लामा सात वटा युवा समूहलाई रु पाँच लाखका दरले र्निब्याज ऋण सहयोग गर्ने भएको छ । समितिको आइतबार बुटवलमा सम्पन्न बैठकले जिल्लाको सात वटा निर्वाचन क्षेत्रमा रहेका सात वटा संस्थालाई जनही रु पाँच लाखका दरले ऋण सहयोग गर्नेगरी निर्णय गरिएको जिल्ला युवा समिति रुपन्देहीका शेषकान्त पोखरेलले बताए । थप पढ्नुहोस्

मौद्रिक नीति – लगानीमैत्री नीति नभएको निजी क्षेत्रको गुनासो , आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बैंकरहरुको दुखेसो

२५ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । थप पढ्नुहोस्