लूम्विनी विकास बैंक लिमिटेडको एकै दिन दुई शाखा विस्तार

काठमाडौं । लूम्विनी विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा एस्याङजाको पूतलीबजार नगरपालिका वडा नं। ३ बाडखोला तथा मोरङको वेलवारी नगरपालिका वडा नं. ७ नयाँ बाहुनीमा आफ्नो ६१औं तथा ६२औं शाखाहरु सञ्चालनमा ल्याएको हो । मोरङको नयां वाहूनी शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपूटी गर्भनर चिन्तामणी शिवाकोटीले बैंकहरु शहरमा मात्र केन्द्रीत नभै ग्रामिण भेगमा समेत सेवा विस्तार गर्दै जानूपर्ने तथा सूशासन कायम राख्दै बैंकिङ सेवालाई समय सापेक्ष प्रतिस्पर्धी बनाउनूपर्ने बताए । थप पढ्नुहोस्

महालक्ष्मी विकास बैंकको सहयोगमा १ दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौ । महालक्ष्मी विकास बैंक लि. को आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र जागरुकता समाज नेपालको आयोजनामा का.म.न.पा वडा नं २२ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । का.म.न.पा वडा नं २२ मा रहेको हिमालयन माध्यमिक विद्यालयमा वडा अध्यक्ष चिनीकाजी महर्जनको प्रमुख आतिथ्यमा दन्त शिविर तथा मुखको स्वास्थ्य सम्वन्धि अभिमुखिकरण तथा पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ । थप पढ्नुहोस्

देवःविकास बैंक लि.को वुटवल शाखा कार्यालय समुद्घाटन

बुटवल । देवःविकास बैंक लि.को वुटवल शाखा कार्यालय बिहीबार एक कार्यक्रमका बिचमा समुद्घाटन गरिएको छ । वुटवल उपमहानगरपालिकाको अमर पथमा आयोजित समारोह बीच बुटवल शाखा कार्यालयको नगर प्रमुख श्री शिवराज सुवेदीले र बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्ण लाल बज्राचार्यले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । थप पढ्नुहोस्

ज्योति विकासको भिसा डेभिट कार्ड

१५ माघ, काठमाडौं । ज्योति विकास बैंक लि=ले SCT Debit Card लाई प्रतिस्थापन गरि Visa Debit Card ल्याएको छ । SCT Debit Card का ग्राहक महानुभावहरुले पुरानो कार्डको सट्टामा सबन्धित शाखाबाट भिषा कार्ड निशुल्क प्राप्त गर्न सक्नुहुनेछ । यस बैक ग्राहक महानुभावहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमाआएको दशौंवर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापितगर्न सफलभएको निमित्त प्रमुख कार्यकारी अधिकृत मदन कुमार महतले जानकारी दिए । थप पढ्नुहोस्

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

३० पुस, काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए । उनले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । थप पढ्नुहोस्

बाढी प्रभावितलाई डेभलपमेन्ट बैंकर एशोसिएसनको ३२ लाख

६ असोज, काठमाडौं । डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक तथा अन्य वित्तीय संस्थाबाट रकम संकलन गरेको हो । थप पढ्नुहोस्

मौद्रिक नीति – लगानीमैत्री नीति नभएको निजी क्षेत्रको गुनासो , आर्थिक वृद्धिदर हासिल हुन नसक्ने बैंकरहरुको दुखेसो

२५ असार,काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सरोकारवाला सङ्घसंस्थाले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । नेपाल बैंकर्स सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत सङ्घसंस्था तथा तिनका प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाका प्रमुखले सो नीतिका प्रावधानप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेका हुन् । थप पढ्नुहोस्

सांग्रिला बिकास बैंकले पनि दिन थाल्यो अनलाइन आस्बा सेवा

१९ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले अनलाइन आस्बा सेवा सुरु गरेको छ । बैंकले प्रविधिको उच्चतम उपयोग गरी ग्राहकहरूलाई आधुनिक सेवा दिन आस्बाअन्तर्गत अनलाइन शेयर आवेदन दिन सकिने व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । अनलाइन आस्बा सेवामार्पmत शेयर आवेदन दिनका लागि ग्राहकले सांग्रिला डेभलपमेन्ट बैंकको इन्टरनेट बैंकिङ सेवा लिएको हुनुपर्ने बताइएको छ । थप पढ्नुहोस्

बैंकको ब्याजदर अझै बढ्ने, व्यवसायी थप मारमा

२७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै निक्षेपको ब्याजदर वृद्धि हुने क्रम रोकिएको छैन । तरलता अभावपछि निक्षेप बढाउने दवावका कारण ब्याजदर बढ्ने क्रम नरोकिएको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको सुरुसम्ममा मुद्दतीमा ५ देखि ८ प्रतिशतसम्म ब्याज दिएका बैंकले हाल १४.५ प्रतिशतसम्म दिन थालेका छन् । निक्षेपमा बढी ब्याज पाउनु बचतकर्ताका दृष्टिले राम्रो मानिए पनि अधिकतम ब्याजदरले अन्ततः उपभोक्तामाथि नै भार पर्दछ । बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले मुद्रास्फीति बढाउँछ । थप पढ्नुहोस्