बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा

काठमाडौं । दक्ष जनशक्ति उत्पादन गर्नुका साथै बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउने उद्देश्यले बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । बीमा समितिमा अध्यक्ष चिरञ्जीवी चापागाईंले उक्त इन्स्टिच्युट उद्घाटनका क्रममा यसलाई प्रतिष्ठानका रुपमा विकास गर्दै लगिने बताए । जीवन र निर्जीवन गरी ३९ कम्पनी र बीमा समितिको संयुक्त रु एक करोडको लागतमा स्थापना गरिएको इन्स्टिच्युटले बीमा क्षेत्रको विकासमा थप योगदान पु¥याउने विश्वास लिइएको छ । सत्तरी वर्षको बीमा इतिहासमा यस इन्स्टिच्युटलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ । थप पढ्नुहोस्

एकैसाथ एनआईसी एशियाको १४ शाखा र एक एक्सटेन्सन काउन्टरको उद्घाटन

काठमाडौं । शाखा तथा एटिएम सञ्जालको आधारमा देशको सबैभन्दा ठूलो एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत खोलिएका १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरको एकैसाथ उद्घाटन गरेको छ । विहीबार 'असार १४ गते' एकैसाथ सबै शाखा र एक्सटेन्सन काउन्टरको विधिवत उद्घाटन गरिएको हो । एनआईसी एशिया बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू। १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू । थप पढ्नुहोस्

सनराइज बैंकद्वारा स्वास्थ्य बीमाअन्तर्गतको बिमा रकम भुक्तानी

काठमाडौं । सनराइज बैंक गैहृीधारा शाखाका ग्राहक विष्णुलक्ष्मी खरेल अस्पतालमा भर्ना हुदाँ लागेको उपचार खर्च बैंकले भुक्तानी गरिदिएको छ । बैकले निजको अस्पताल खर्च बापत्को १५ हजार ८ सय ३८ रुपियाँ रकम नायब महाप्रबन्धक रविन नेपालले बिरामीका छोरा डा. अस्वस्थामा भक्त खरेलले प्रदान गरे । थप पढ्नुहोस्

आइएमइबाट बिमित परिवारलाई रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगारमा जादा बीमा गराइ गएकाका आफन्तलाई रकम उपलब्ध गराइएको छ । (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (UAE) मा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं.८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले उक्त रकम उनका आफनतलाई हस्तान्तरण गरिएको हो । थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंकबीच एसुरेन्स सेवा सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नु भएका छन् । थप पढ्नुहोस्

प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा

काठमाडौँ । नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो । चैत २८ गते वल्र्ड वेज म्यानपावर कम्पनीको किटानी जाहेरीमा कम्पनीका करार कर्मचारी प्रकाश रेग्मीलाई वृत्तले पक्राउ गरेको थियो  । थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बीच सम्झौता

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बि एण्ड बि अस्पताल प्रा.लि. बिच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन  (Cash Less Hospitalization) सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बि अस्पाताल प्रा.लि.बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले जनाएको छ । थप पढ्नुहोस्

आइएमई जनरल र स्टार हस्पिटलबीच नगदरहित सेवा सम्झौता

२५ बैशाख, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । थप पढ्नुहोस्

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

२३ वैशाख, काडमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै समूह ‘इ’ कै विशाल गुरुङले दुई तथा रोशन दवाडीले एक गोल गरे । थप पढ्नुहोस्

दाङमा पशुपंक्षी बीमा गराउने बढ्दै

१९ चैत, काठमाडौं । दाङमा पछिल्लो समयमा जिल्लाका पशुपालक किसानमा पशुपक्षीको बीमा गराउने क्रम बढेको छ । बीमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशुपछी बीमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बीमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बीमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बीमा गराउने क्रम बढेको कार्यालयका प्रमुख डा चन्द्रबहादुर रानाले जानकारी दिए । आर्थिक वर्ष २०७४÷७५ को पुस मसान्तसम्म त्यहाँ आठ हजार ७७६ पशुपक्षीको बीमा भएको छ । थप पढ्नुहोस्
1 2 3