सिद्धार्थ बैंकको एकै साथ ८ नयाँ शाखा

२४ बैशाख, काठमाडौं । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप सिद्धार्थ बैंकले शाखा विस्तार गरेको छ । विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले २०७५ वैश।ख २३ गते आइतबार रौतहटको माधवनारायण, तनहँुको दुलेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । थप पढ्नुहोस्

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

२३ वैशाख, काडमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै समूह ‘इ’ कै विशाल गुरुङले दुई तथा रोशन दवाडीले एक गोल गरे । थप पढ्नुहोस्

एक अर्बको शेयर कारोबार, गएको हप्ता भन्दा ६६.६३ प्रतिशत कम

२२ वैशाख, काठमाडौं । धितोपत्र बजारमा यस साता रु १ अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताकोभन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो । गत साता १८२ कम्पनीको रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३६६ दशमलव १५ अंकमा पुगेको छ । थप पढ्नुहोस्

जुट मिल्सका शेयरधनीलाई भ्रममा नपर्न आग्रह

२० वैशाख, काठमाडौं । विराटनगर जुट मिल्स लिमिटेडको विशेष साधारणसभा बोलाइएको सूचनाप्रति अध्यक्ष वसन्त वनले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । पदमा बहाल नरहेका प्रबन्ध सञ्चालक निलहरि काफ्लेको हवाला दिँदै विशेष साधारणसभा आह्वान भएपछि अध्यक्ष वनले बुधबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाए । वैशाख १३ गतेदेखि नै पदमा नरहेका काफ्लेले साधारणसभा आह्वान गरेका थिए । थप पढ्नुहोस्

१ सय ७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

७ वैशाख, काठमाडौं । तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको अभिलेखलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको हो । कार्यालयले सहकारीको सबै अभिलेख स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई हस्तान्तरण गर्दै सहकारीको नियमन, नियन्त्रण र निरन्तर अनुगमनको काम गर्न आग्रह गरेको छ । थप पढ्नुहोस्

२०७५ बैशाख १ बाट शेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने

३० चैत, काठमाडौं । धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ । बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा पारित गरेको जनाएको छ । बोर्डका प्रवक्ता निरज गिरिले नयाँ निर्देशिका कार्यान्वयनमा आए लगत्तै शेयर लगानीमा अदृश्य लगानी कडाइ हुने भएको हो । थप पढ्नुहोस्

आर्थिक वृद्धिदर ५.५ हुने प्रक्षेपण

२८ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो । आज सार्वजनिक भएको बैंकको प्रमुख वार्षिक प्रकाशन ‘एशियाको विकास परिदृश्य’अनुसार चालु आवमा मन्द गतिमा भएको आर्थिक वृद्धि पनि ४ दशमलव ९ प्रतिशतमा नै सीमित रहने अनुमान गरिएको छ । थप पढ्नुहोस्

ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता

२१ चैत, काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा यस बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत श्री मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्

सहकारी क्षेत्रमा योगदान गरेवापत दुई सहकारी र दुई व्यक्ति पुरस्कृत, समृद्ध अर्थतन्त्र निर्माणमा सहयोगी

२० चैत, काठमाडौं । मन्त्रालयले यस वर्षको सहकारी पुरस्कार महारानीझोडा साना किसान कृषि सहकारी संस्था झापा र जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीलाई प्रदान गरेको छ । मन्त्रालयले महारानीझोडा सहकारीका अध्यक्ष मीनाकुमारी ढकाल र जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौडेललाई रु एक लाख ५० हजार नगद, दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो । थप पढ्नुहोस्

६१औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

२० चैत, काठमाडौं । जिल्ला सहकारी संघको आयोजनामा धादिङबेँसी बजारमा आज बिहान प्रभातफेरी गरी ६१औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघका उपाध्यक्ष गंगादत्त तिमिल्सिना र नीलकण्ठ नगरपालिकाका प्रमुख मनराज भण्डारीले निम्न आय भएका व्यक्तिको जीवनस्तरमा परिवर्तन ल्याउन र स्वावलम्बी भई जीविकोपार्जन गर्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र स्थानीय तहको जिम्मामा सहकारी संस्था आइसकेपछि सवलीकरण गरी उत्पादनमुखी कार्यमा लाग्न अभिप्रेरित गर्ने बताए । थप पढ्नुहोस्
1 10 11 12 13 14 24