बाराको कलैयामा लक्ष्मी बैंकको ५८ औं शाखा स्थापना

काठमाडौं । लक्ष्मी बैंकले बाराको कलैयामा ५८ औं शाखा स्थापना गरेको छ । योसँगै लक्ष्मी बैंकको सञ्जाल ४३ जिल्लामा पुगेको छ । यसबाहेक तीनवटा अस्पताल काउन्टर, एक सय तीन एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स काउन्टर, ५१ शाखारहित बैंकिङ सेवा र चार सयभन्दा बढी मोबाइल एजेन्ट रहेको बैंकले जनाएको छ। गत आर्थिक वर्ष ०७३(७४ मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको पनि बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले सो आर्थिक वर्षमा करिब सय करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ । थप पढ्नुहोस्

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

काठमाडौं । गरिमा विकास बैंकले गरिमा दम्पती बचत खाता सञ्चालनमा ल्याएको छ । बुधबार झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त बचत योजना सुरु गरेको बैंकले जनाएको छ। प्रदेश नम्बर १ अन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित आठ शाखा कार्यालयको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा उक्त बचत योजना सार्वजनिक गरिएको बताइएको छ । बैंकमा गरिमा दम्पती बचत खाता खोल्ने ग्राहकले वार्षिक नौ प्रतिशत ब्याज पाउनेछन् । थप पढ्नुहोस्

प्रभु बैंकको थप दुई नयां शाखा विस्तार

काठमाडौं । प्रभु बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले इलाम जिल्लाको सन्दकपुर र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। बैंकले संघीय संरचना बमोजिम स्थानीय तहमा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा सञ्चालन गरेको जनाएको छ ।सन्दकपुर शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरेका हुन् । त्यस्तै, मुखियापट्टी मुसहरिमिया शाखा कार्यालयको उद्घाटन मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेको बैंकले जनाएको छ । थप पढ्नुहोस्

नेप्से सूचकमा १३.९१ अंकको सुधार, लगानीकर्ता कारोबारमा फिर्ता

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेन्जको नेप्से सूचक १३.९१ अंकले सुधार देखिएको छ। मंगलबार कारोबार बहिष्कार गरेका लगानीकर्ताले बुधबार दिउँसोदेखि कारोबार गरेका थिए। राजस्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएसँगै आन्दोलनमा उत्रिएका लगानीकर्ता सरकारले यस्तो कर फिर्ता लिएसँगै दिउँसो एक बजेर १३ मिनेट पछि कारोबार सुरु गरेका थिए। ढिला गरी सुरु भएको बजार कारोबार सुरु भएदेखिनै बढ्न थालेको थियो । थप पढ्नुहोस्

सरकारले ल्याएको नयाँ सेयर लाभकरमा व्यवस्था फिर्ता

काठमाडौं । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेको छ । अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने भएको छ । लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । यसरी कारोबार नै बन्द भएपछि अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्र पठाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने ‘पुरानै विधिबाट बोनस र हकप्रद सेयरमा पँुजीगत लाभकर लगाउनु भनेर आन्तरिक राजस्व विभागलाई पत्र पठाएका छौं । थप पढ्नुहोस्

सेयर कारोबारमा लगानीकर्ताहरुको आन्दोलन जारी, कारोबार ठप्प

काठमाडौं । सेयर कारोबारमा लगानीगर्ने लगानीकर्ताहरुले आज पनि सेयर कारोबार बन्द गरी आन्दोलन गरेका छन् । यो सँगै आन्दोलनका कारण प्रभावित भएको सेयर बजार बुधबार पनि ठप्प भएको छ। सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा कढी रकम पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताहरु मंगलबारदेखि आन्दोलन जारी राखेका हुन्। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरकारको पछिल्लो निर्णय फिर्ता नलिएसम्म सेयर कारोबार हुन नदिने चेतावनी दिएका छन् । थप पढ्नुहोस्

ग्लोबल आइएमईका ग्राहकले उपचार गराउँदा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले स्टार हस्पिटल सानेपामा उपचार गराउँदा छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र स्टार अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवारसुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक डा । थप पढ्नुहोस्

शेयर बजार : लगानीकर्ताको आन्दोलन, कारोबार शून्य

काठमाडौं । बोनस र हकप्रद शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई नै आधार मानेर लाभकर लिने आन्तरिक राजश्व विभागको निर्णयविरुद्ध लगानीकर्ताले गरेको आन्दोलनका कारण शेयर बजारमा कुनै कारोबार भएको छैन । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र पूँजी बजार लगानीकर्ता संघकोे दवाबका कारण दलालहरुले कुनै पनि अर्डर लिएका छैनन् । जसका कारण यतिबेलासम्म शेयर कारोबार हुन सकेको छैन । लगानीकर्ताहरुले भेला भएर नेपाल स्टक एक्सचेञ्जमा धर्ना दिएका छन् । लगानीकर्ताहरुले हिजो पनि कारोबार बन्द गर्ने घोषणा गरे पनि ४२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । थप पढ्नुहोस्

विदेशी मुद्राको मंगलबारका लागि सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १५ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा र विक्रिदर २७ रुपैयाँ ११ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ २७ पैसा रहेको छ । थप पढ्नुहोस्

जनता बैंकको थवाङ शाखाबाट कारोवार सुरु

काठमाडौँ । ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । रोल्पा जिल्लाकोथवाङ गाउँपालिका वडा नं. २स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो । रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् । थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाटस्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । थप पढ्नुहोस्
1 11 12 13 14 15 34