विदेशी मुद्राको बिहीबारका लागि सटही दर ‘हेर्नुस’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २६ पैसा र बिक्रिदर २९ रुपैयाँ ४२ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३० रुपैयाँ ०४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९ रुपैयाँ ८३ पैसा रहेको छ । थप पढ्नुहोस्

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता

काठमाडौं ।महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स (Bancassurance) सम्बन्धी सम्झौता गरेको छ । यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोह बीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका हुन् । थप पढ्नुहोस्

मौद्रिक नितिको ‘हेर्नुस पूर्णपाठ’

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर 'स्प्रेड' दर घटाएको छ ।   असार २७ गते दिउसो ४ बजे सार्वजनिक भएको मौद्रिक नितिमा अब बैंकहरुले निक्षेप लिँदा दिइने ब्याज र ऋणमा लगाउँदा लिइने ब्याजको अन्तर ४.५ प्रतिशत मात्रै हुनेछ । यसअघि ५ प्रतिशत अन्तरमा ब्याज राखेर ऋण प्रवाह गरिँदै आएको थियो ।   ०७० असोजबाट स्प्रेड दर कार्यान्वयन सुरु गरेको राष्ट्र बैंकले पाँच वर्षपछि स्प्रेडदरमा पुनरावलोकन गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नितिको पुर्णपाठ तलको लिंकमा क्लिक गरेर हेर्नुहोला । थप पढ्नुहोस्

आगामी आर्थिक वर्षका लागी मौद्रिक नीति सार्वजनिक

काठमाडौं । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन् । बुधबार दिउँसो गभर्नर नेपालले सार्वजनिक गरेको राष्ट्र बै‌ंकको मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार, जोखिममा आधारित सुपरीवेक्षण, विद्युतीय भुक्तानी प्रणाली, संस्थागत सुशासन र वित्तीय अनुसशानलाई जोड दिइएको जनाए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याज अन्तर 'स्प्रेड' साढे ४ प्रतिशत मात्रै कायम गरे पुग्ने भएको छ । थप पढ्नुहोस्

बुधबार विदेशी मुद्राको मूल्य बढ्यो ‘हेर्नुस्’

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रिदर २९ रुपैयाँ ४४ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३० पैसा र बिक्रिदर २७ रुपैयाँ ४५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । थप पढ्नुहोस्

नयाँ मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । आर्थिक वर्ष २०७५र७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुने भएको छ । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । थप पढ्नुहोस्

मंगलबारको विदेशी मुद्राको विनिमयदर ‘हेर्नुस’

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १०९.६४ रुपैयाँ र बिक्रिदर ११०.२४ रुपैयाँ तोकेको छ । त्यस्तै एक युरोको खरिददर १२९.१४ रुपैयाँ र बिक्रिदर १२९.८५ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४६.२९ र बिक्रिदर १४७.०९ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिददर ८१.९६ रुपैयाँ र बिक्रिदर ८२.४१ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.८२ रुपैयाँ र बिक्रिदर ८४.२८ रुपैयाँ रहेको छ । थप पढ्नुहोस्

एन आई सी एशिया बैंकको नयाँ शाखा देउखुरीको सिसहनियाँमा

मसुरिया । दाङको राप्ती गाउँपालिका वडा नं। ५ सिसहनियाँमा एनआई सी एशिया बैंकको शाखा विस्तार भएको छ । सिसहनियाँमा सोमबार आयोजित कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । थप पढ्नुहोस्

बराहमा ग्लोबल आइएमईको नयां शाखा ज्येष्ठ नागरिकद्धारा उद्घाटन

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्ग पार गरेको छ । असार २५ गते सोमबार आज १०० औँ सेवा सञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो । बैंकले एक समारोहका विच सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको छ । थप पढ्नुहोस्

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा मोरङ्गको खोर्सानेमा

काठमाडौं । ज्योति विकास बैंक लि. ले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका सोमबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर श्री शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउनु हुँदै बैंकको प्रगतिको कमना व्यक्त गरेका छन् । थप पढ्नुहोस्
1 2 3 4 33