प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता

काठमाडौं । निक्षेपकर्ता तथाकर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवाप्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स (Bancassurance ) सम्बन्धी सम्झौता गर्ने क्रममा आज जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्रसडेन्सीयल इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनल ेबैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । थप पढ्नुहोस्

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो । आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । थप पढ्नुहोस्

ऐनविपरीत ५ संस्थामा राष्ट्र बैंकको लगानी, अझै बिक्री भएन सेयर

काठमाडौं । एउटा संस्थामा दस प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने कानुनी व्यवस्था भए पनि करिब आधा दर्जन संस्थामा रहेको बढी सेयर राष्ट्र बैंकले अझै बिक्री गर्न सकेको बताइएको छ । हाल विभिन्न क्षेत्रका ५ वटा संस्थामा राष्ट्र बैंकका लगानी ती संस्थाको कुल पुँजीको १० प्रतिशतभन्दा बढी छ । सरकारी लगानी कम गरी निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले अन्य संस्थाहरूमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था ‘राष्ट्र बैंक ऐन ०५८’ मा गरिएको थियो  । थप पढ्नुहोस्

कोरियन वनको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । थप पढ्नुहोस्

ग्लोबल सेपर्सले निर्माण गरेको विद्यालय भवन हस्तान्त्रण

काठमाडौं । ग्लोबल सेपर्स काठमाडौं हवको सहयोगमा निर्माण गरिएको श्री गणेश माध्यामिक विद्यालय बुढानिलकण्ठको एउटा भवन हस्तान्त्रण गरिएको छ। विद्यालय भवन हस्तान्त्रण कार्यक्रममा सभासद गगन थापा, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्व खरेल, प्रदेश नम्वर ३ का सभासद भिमसेन खत्री, योङ ग्लोबल लिडर आस्मी राणा, गणेश माविका प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति थियो। भुकम्पमा भत्किएको गणेश विद्यालयको भवन पुनर्निर्माणका लागि स्वयंसेवी संस्था ग्लोबल सेपर्स काठमाडौं हवले जिम्मा लिएको थियो । थप पढ्नुहोस्

नेपाल लाइफको चुक्ता पूँजी ४ अर्ब ३९ करोड, जीवन बीमा कोषमा ५० अर्ब

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ। बीमा समितिको तोकेको चुक्ता पूँजी भन्दा यो दोब्बर भन्दा बढी हो। समितिले २ अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। समितिको निर्देशनपछि अधिकांश बीमा कम्पनीले हकप्रदको सहारा लिएपनि चुक्ता पूँजी पुर्याउन सकेका छैनन्। कम्पनीले देशभरका १ सय २५ भन्दा बढी शाखा र उपशाखा छन्। कम्पनीले सन् २०१३, २०१४, २०१६ र २०१७ मा गरी चार पटक ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पाइसकेको छ । थप पढ्नुहोस्

शेयर बजारमा कारोबार रकम बढेपनि नेप्से सूचकां घट्यो

काठमाडौं। आइतबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढेपनि नेप्से सूचकांक केही घटेको छ। आइतबार कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार ३० मिनेटसम्ममा १६.४० अंकले बढेको थियो। त्यसपछिको २५ मिनेट मै बजार १२२४.९२ मै सिमित भयो। तीब्र उतारचढावका बीच अन्तिमसम्ममा नेप्से सूचकमा ०.०२ अंकले गिरावट भयो। नेप्से सूचक घटेपनि सेन्सेटिभ तर्फ भने ०.२७ अंकले बृद्धि भएको छ। बुधवार र बिहीबार सुधार देखिएको बजारमा आइतबार पनि कारोबार रकममा उल्लेख्य सुधार हुँदा ४८ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । थप पढ्नुहोस्

एनआईसी एसियाको सुरुंगामा नयाँ शाखा विस्तार

    बिर्तामोड । एनआईसी एसिया बैंकले झापाको कनकाई नगरपालिकास्थित सुरुंगामा नयाँ शाखा विस्तार भएको छ । २ सय १० औं शाखाको रुपमा झापाको व्यस्त बजारमध्ये एक सुरुंगामा बैंकले शाखा विस्तार गरेको शाखा प्रबन्धक सागर दाहालले बताए। सो शाखाको आइतबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका छन्। यो शाखासहित मुलुकभर बैंकका २२५ शाखा कार्यालय संचालनमा आएका छन् । थप पढ्नुहोस्

आइतबार विदेशी मुद्राको सटही दर ‘सुचिसहित’

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३० पैसा र बिक्रिदर २९ रुपैयाँ ४६ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३० रुपैयाँ ०८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रिदर २७ रुपैयाँ ३५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । थप पढ्नुहोस्

मौद्रिक नीतिबारे छलफल, बिहीबार सार्वजनिक हुदै

काठमाडौं । मौद्रिक नीतिको मस्यौदा बल्ल नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पुगेको छ । आइतबार बिहान बसेको बैठकमा राष्ट्र बैंक सञ्चालक समितिको मौद्रिक नीति बारे छलफल भएको हो । बिहान बसेको बोर्ड बैठकमा मौद्रिक नीतिबारे छलफल भए पनि पारित नगरेको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द नागिलाले बताए । बिहान छलफल भए पनि पारित हुन नसके पछि अर्को बोर्ड बैठकमा पुनः छलफल हुने सह प्रवक्ता नागिलाले बताए । छलफल हुन बाँकी रहेका विषय आगामी बैठकले टुंगो लगाउने सहमति भएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंक श्रोतका अनुसार आगामी बोर्ड बैठक सोमबार बिहान बस्ने भएको छ । थप पढ्नुहोस्
1 2 3 4 5 33