घलेम्दीले पायो साधारण शेयर निष्काशन गर्ने अनुमति

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले घलेम्दी आयोजनालाई पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीका लागि साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत अर्थात् रु पाँच करोड ५० लाखबराबरको पाँच लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले जानकारी दिनुभयो । थप पढ्नुहोस्

सहमतिको भोलिपल्ट घट्यो ब्याजदर, कुन बैंकको कति ?

काठमाडौँ । बैंकहरुले ब्याजदरमा सीमा लगाएसँगै धमाधम नयाँ ब्याजदर सार्वजनिक भएको छ । बिहिबार बचतमा ७ प्रतिशत र मुद्दति निक्षेपमा ११ प्रतिशत भन्दामाथि नजाने गरी सहमति भएको थियो । ब्याजदरको सीमामा रहने सहमति भएको भोलिपल्ट बैंकहरुले सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर कायम गरेका छन् । निक्षेपको ब्याजदर प्रकाशित गर्नेमा एनसीसी बैंक रहेको छ । यसले असार ८ गतेबाटै लागु हुने गरी बचतमा ७ प्रतिशतसम्म र मुद्दति निक्षेपमा साढे १० प्रतिशत ब्याजदर कायम गरेको जनाएको छ । थप पढ्नुहोस्

शुक्रवारसम्म ६२ प्रतिशत पर्यो एनएमबीको एफपिओमा आवेदन

काठमाण्डौं। एनएमबी बैंकले निष्काशन गरेको एफपिओ शुक्रवारसम्म ६२ प्रतिशत बिक्री भएको छ।  बैंकले तीन अर्ब ८० करोड रुपैयाँ बराबरको एफपिओ निष्काशन गरेको छ। जसमा दुई अर्ब ३५ करोड ६२ लाख ६४ हजार सात सय १० रुपैयाँ बराबरको एफपिओ विक्रि भएको छ। जुन ६२ प्रतिशत हो। अझै बैंकले निष्काशन गरेको ३८ प्रतिशत शेयर बिक्रि हुन बाँकी छ। बैंकहरुबाट सम्पूर्ण आवेदन सिस्टममा अध्यावधिक गर्न केहि समय लाग्ने भएकाले अझै बढ्न सक्ने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । थप पढ्नुहोस्

शुक्रबार विदेशी मुद्रा बिहीबार तुलनामा कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९२ पैसा र विक्रिदर २९ रुपैयाँ ०८ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र विक्रिदर २९ रुपैयाँ ९६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ७० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । थप पढ्नुहोस्

आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालवीच सम्झौता

काठमाडौं । काठमाडौं पानीपोखरी स्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र टोखा नगरपालिका वडा नम्बर ८, धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल वीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने बताइएको छ ।  यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने भएको छ । थप पढ्नुहोस्

नेपाल बैंकको एफपिओ असार १५ गतेदेखि खुल्ला

काठमाडौं। नेपाल बैंक लिमिटेडले असार १९ गतेदेखि एफपिओ निष्कासन गर्ने भएको छ। बैंकले छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेसम्म निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थप गरी २८० रुपैयाँमा एक करोड ७६ लाख ८४ हजार ८८५ कित्ता एफपिओ निष्कासन गर्नेछ। संस्थाले निष्कासन गरेको एफपिओमा पहिलो दिन देखिनै संगठित संस्थाले आवेदन दिने पाउने बैंकले जनाएको छ। न्युनतम १० कित्ता र अधिकतम नेपाल राष्ट्र बैंकले तोकेको सीमा ननाघ्ने गरी आवदेन दिन पाउने बैंकले जनाएको छ । थप पढ्नुहोस्

बाणिज्य बैंकहरुमा निक्षेप बढ्न थाल्यो, सातामै २१ अर्ब रुपैयाँ बृद्धि

काठमाडौं। अघिल्लो साताबाट ब्रेक लागेको निक्षेप बृद्धि यो साता भने ह्वात्तै बढेको छ। एक सातामै निक्षेप २१ अर्ब रुपैयाँले बढेर २३ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बृद्धिको अनुपातमा बैंकहरुले ऋण लगानी कम गरेका छन्। सञ्चालनमा रहेका २८ बाणिज्य बैंकको सातामा जम्मा ६ अर्ब रुपैयाँ मात्र ऋण विस्तार भएको छ। कुल अण २० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। सरकारले विकास खर्च बढाउन थालेपछि प्रणालीमा निक्षेप बढ्न थालेको हो। चालु बर्ष मात्र निक्षेप २ खर्ब ७० अर्ब रुपैयाँ बढेको छ। ऋण लगानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ । थप पढ्नुहोस्

बैंकर्स संघको यस्तो छ कारवाहीको मोडालिटी, राष्ट्र बैंकसँग उधारो सहमति

काठमाडौं। ब्याज बढ्न नदिने पाँच महिना पुरानो भद्र सहमति खारेजीसँगै बाणिज्य बैंकहरुमा ब्याज बढाउने प्रतिस्पर्धा नै चल्यो। अन्तत : नेपाल राष्ट्र बैंकको ब्याकअपु मा बिहीबार नेपाल बैंकर्स संघले ब्याज दरमा फेरि सहमति गरेको छ। सहमति खारेजीपछि फाट्टफुट्ट केही बैंकले ब्याज बढाउलान् भन्ने बैंकर्स संघका प्रतिनिधिहरुको विश्लेषण थियो। तर केही बैंकहरुले निक्षेप लिन जस्तोसुकै हदसम्म जाने गरी स्किम ल्याउन थाले।  यसबाट ऋणको ब्याज थप महँगिने भयो। बैंकर्स संघले यहीबीचमा राष्ट्र बैंकका गभर्नर र बाँकी अधिकारीहरुलाई भेटे। अर्थमन्त्रीले पनि बढ्दो ब्याज बारे चासो राखे । थप पढ्नुहोस्

रिंगिट र कोरियन वनको मूल्य केही घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र विक्रिदर ३० रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा र विक्रिदर २७ रुपैयाँ २७ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र विक्रिदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ७८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ ७६ पैसा रहेको छ । थप पढ्नुहोस्

आइएमईले शेयर निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं।आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्कासनकालागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले साविक १० शेयरधनीलाई आठ शेयरका दरले हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीले ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ। हकप्रद शेयर निष्कासनकालागि कम्पनीले ग्लोवल आइएमइ क्यापिटललाइ बिक्री प्रबन्धक नियुक्त गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी ५४ करोड पुगेको छ । हकप्रदपछि कम्पनीको ९७ करोड २० लाख रुपैयाँ पूँजी पुग्नेछ । थप पढ्नुहोस्
1 7 8 9 10 11 34