युएईमा रमाउँदै आइएमईका व्यवसायीक साझेदार

१५ माघ, काठमाडौं । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दशदिने भ्रमण गराई रहेको आइएमईका जनसम्पर्कप्रवन्धक राजु पौडेलले जानकारी दिए । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा वर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्यप्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको आइएमईले जनाएको छ । थप पढ्नुहोस्

‘आइएमईछक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

३ पुस, काठमाडौं । यस वर्षको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा ठाएका रोकाया सफ्टवेयर पद्वतिमाआधारित ‘लक्कीड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकायावानीजले सिफारिस गरेका व्यक्तिले नगद रु. १०,००,००० (दशलाख) प्राप्त गर्नेछन् । त्यस्तै अन्तिम तथा छैठौं१५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । थप पढ्नुहोस्

ग्लोबल आईएमई बैंक र एक्सिस बैंक बीच रेमिट्यान्स कारोबार सुरु

१९ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हालै सम्पन्न सम्झौता पत्रमा हस्ताक्षर पछि भारत स्थित एक्सिस बैंकका ३००० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका १०८ शाखाहरु र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६००० भन्दा बढि तथा बेष्ट रेमिटका ४००० भन्दाबढि एजेन्ट मार्फत सजिल्यै प्राप्त गर्न सकिने छ । थप पढ्नुहोस्

आईएमईले मनायो स्थापनाको १७औँ वार्षिकोत्सव

३० जेठ, काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै मनायो । थप पढ्नुहोस्