शेयर बजारमा दोहोरो अङ्कले गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ बिन्दुले ओरालो लागेर २५२.५३ बिन्दुमा पुगेको छ ।आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । थप पढ्नुहोस्

विश्वसनीय सूचना प्रवाह गराउन ‘नेप्से’लाई निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज 'नेप्से'लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो । दोस्रो बजारका परिसूचकहरूको गणना तथा सार्वजनिक गर्नुपर्ने सूचनाको प्रक्रियालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको बोर्डले जनाएको छ । थप पढ्नुहोस्

शुक्रबार विदेशी विनीमयदरमा मूल्य केही बढ्यो

काठमाडौं । बिहीबारको तुलनामा शुक्रबार रियाल दिर्हाम, दिनार र मलेसियन रिंगिटको मूल्य केही पैसाले बढेको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा र बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । थप पढ्नुहोस्

बिहीबार शेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजारमा बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ । कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार ७८५ मूल्यमा खरीद बिक्री भएको छ । स्टकका अनुसार आज दुई उपसमूहको शेयर बढ्दा अन्य उपमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.१ र उत्पादन ७७.३२ बिन्दुले बढेको छ । थप पढ्नुहोस्

शेयर बजार २९ शंकले बढ्यो

काठमाडौं । शेयरबजार परिसूचक नेप्से बुधबार एकै दिन २९ अंकले बढेको छ । पछिल्ला दिन घटिरहेको नेप्से यसअघि हिजो ६ र अस्ति १० अंकले बढेको थियो । आज कारोबार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेपछि नेप्से २८ दशमलव ७३ अंकले बढेर १२ सय ९ दशमलव ७१ अंकमा पुगेको छ । सबै उप समूहको परिसूचक बढेको दिन आज १ सय ६५ वटा कम्पनीको शेयर कारोबार भएकामा ११ वटा कम्पनीको मात्र शेयरको भाउ घटेको छ । नेप्सेमा सूचिकृत सबैजसो कम्पनीले गत आर्थिक वर्षमा राम्रो आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको कारणले शेयर बजार बढेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि झण्डै दोब्बर बढेको छ । थप पढ्नुहोस्

सामान्य अंङले उकालो लाग्यो सेयरबजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्सेमा ६ दशमलब ६१ अंकले वृद्धि भएको छ। सोमबारदेखि उकालो लागेको बजार परिसुचक अघिल्लो दिनकोभन्दा शून्य दशमलब ५६ प्रतिशतले सुधार भई १ हजार १ सय ८० दशमलब ९८ बिन्दुमा पुगेको छ। कारोबार भएका ११ कम्पनीका उपसुचकमध्ये होटल र नेपाल टेलिकम आबद्ध अन्य समूह बाहेक अरु कम्पनी समूहका उपसुचकले नाफा कमाएकाले बजार परिसुचकमा सुधार आएको हो। सबैभन्दा बढी बैंक समूहको ७ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । थप पढ्नुहोस्

सोमबार नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौ । निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको बृद्धि देखिएको छ। नेप्से परिसूचक १०.४३ अंकले बढेर ११ सय ७४ दशमलव ३७ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबार कारोबार भएका होटल बाहेक सबै समूहका परिसूचक सकारात्मक बन्दा समग्र सूचकमा दोहोरो अंकको बृद्धि देखिएको हो। सबैभन्दा धेरै जीवन बिमा ११०.८५ अंकले बढेको छ। त्यसलाई पच्छ्याउँदै निर्जीवन बिमा समूहमा ७५.५५ अंकको बृद्धि भएको छ। विकास बैंक समूह १६.२२ अंकले बढेको छ। परिसूचकमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम भने सामान्य नै छ । थप पढ्नुहोस्

साताको पहिलो दिन शेयर दोहोरो अंकले घट्यो

काठमाडौं । गएको साता ९१ करोड रुपैयाँको मात्रै कारोबारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ । स्टकका अनुसार आइतबार कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ । दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । थप पढ्नुहोस्

तामाकोशीको शेयर आवेदनका लागि एक साताको म्याद थप

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदनका लागि एक साताको म्याद थप भएको छ । काठमाडौंमा बस्दै आएका दोलखाका बासिन्दाका लागि शुक्रबारसम्मको समयावधि भए पनि एक साताको म्याद थप गरिएको हो । थप गरिएको अवधिअनुसार आगामी भदौ १ गतेसम्म राजधानीमा शेयर आवेदन दिन सकिनेछ । यही साउन १६ गतेदेखि २५ गतेसम्म राजधानीमा आवेदन दिन पाउने अवधि भए पनि आवेदकको भीड बढेकाले एक साताको समयावधि थप गरिएको आयोजनाले जनाएको छ । नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरीले आजै एक साता समय थप गरिएको जानकारी दिए । थप पढ्नुहोस्

शेयर बजार आज पनि ओरालो !

काठमाडौ । बिहीबार शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ । आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार आज भने करिब सात अंकले ओरालो लागेको हो । स्टकका अनुसार आज कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ । व्यापार उपसमूहको मात्रै आज शेयर बढेको छ । सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ । थप पढ्नुहोस्
1 2 3 13